Health Ad
YouTube Link

सरकारले सार्वजनिक गर्यो १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट, कुन मन्त्रालयलाई कति बजेट ?

यस्तो छ १९ वटा नाराले भरिएको बजेट

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त सदनमा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

 

१७ खर्ब खर्च गरेर सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । यस्तै मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राखिने सरकारको योजना छ । बजेटमार्फत सरकारले अधिकांश कार्यक्रमलाई निरन्तरता दिएको छ ।

 

यसपटक बजेटमार्फत कर्मचारीको तलब बढाइएन । उल्टै प्रोत्साहन भत्ता खारेज गरिएको छ । यो बजेटमा सरकारले गाँजा खेतीलाई बैधानिकता दिन सम्भाव्यता अध्ययन गरिने घोषणा गरेको छ ।

 

कुन मन्त्रालयलाई कति बजेट ?  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ ८३ अर्ब ९९ करोड विनियोजन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालु आवमा ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

 

सरकारले आगामी आर्थिक वर्षको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई  १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनयोजन गरिएको थियो ।

 

आगामी आर्थिक वर्षको लागि सरकारले खानेपानी मन्त्रालयलाई २८ अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै, सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड छुट्याएको छ । आगामी आर्थिक वर्षको लागि यो बजेट विनियोजन गरिएको हो ।

 

सरकारले ऊर्जा मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसका साथै आगामी आर्थिक वर्षको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रकम बजेट विनियोजन गरिएको छ । यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन भएको छ ।

 

सरकारले वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ भने भूमि व्यवस्था सहकारी मन्त्रालयलाई ७ अर्ब २४ करोड बजेट विनियोजन भएको छ ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३० अर्बले घटेको हो । चालु आवमा यस मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

 

सरकारले शहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पुर्याएको छ । यस मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको थियो ।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । चालु आवमा सञ्चारमा ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

 

यस्तो छ १९ वटा नाराले भरिएको बजेट

१. उत्पादन साथमा, अनुदान हातमा: यही नाराका साथ बजेटले कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने लक्ष्य राखेको छ । बीऊ खरिद, रासायनिक मल, बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदान बाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउँने अर्थमन्त्रालयको योजना हो ।

 

२. पोषणयुक्त घाँसेवालीको विकास गरौं, पशुजन्य उत्पादन बढाऔं: यस नाराले एक सय वटा स्थानीय तहमा जै, नेपियर, मेन्डुला, वर्सिम लगायत जातका घाँसे बाली विकास तथा पोषण सुधारका कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

 

३. अबको जीवन स्वदेशमा नै: यही नाराबाट सरकारले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई उद्यमशीलता विकास गर्ने र रोजगारीमा आबद्ध गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । यसबाट गरिवीको रेखामुनि रहेका र सेवाको गुणस्तरमा सुधार हुने अपेक्षा बजेटको छ ।

 

४. नेपाल घुमौं, नेपाल चिनौं: आन्तरिक पर्यटन प्रवर्द्धन गर्न लिइएको यस नाराले स्थानीय जात्रा, संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्यको प्रचार प्रसार गरिनने बताइएको छ ।

 

५. एक चिकित्सक र स्वास्थ्यकर्मी/एक स्वास्थ्य संस्था: सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न लिइएको यो नारा सार्थक बनाउन सबै संघीय अस्पतालमा कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री महतले बताएका छन् । यसका लागि सरकारले २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

६. सिँचाइमा लगानी, खेतबारीमा पानीः यही नाराका साथ कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि दिगो र भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन ठूला, जलाशययुक्त र जलपथान्तरण गर्ने बहुउद्देश्यीय आयोजना निर्माणलाई जोड दिने नीति बजेटले लिएको छ ।

 

७. हरित अर्थतन्त्र, दिगो विकासको मन्त्रः आयोजना कार्यान्वयनका हरेक चरणमा वातावरण संरक्षण र जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका क्रियाकलापलाई मूलप्रवाहीकरण गर्ने बजेटको लक्ष्य छ । विपद् व्यवस्थापनका कार्यक्रमलाई एकीकृत गरी जोखिम न्यूनीकरण तथा रोकथामका उपाय अवलम्बन गरिने बताइएको छ ।

 

८. आधुनिक जीवनको आधार, सूचना प्रविधि र सञ्चारः यही मान्यतालाई आत्मसात गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँचयोग्य बनाउने लक्ष्य बजेटले लिएको छ ।

 

९. बागमती नदीको शान, सभ्यताको उत्थानः बागमती नदी सफाइ अभियानलाई निरन्तरता दिनेछ । काठमाडौं उपत्यकाको जलाधार संरक्षण एवं सुख्खा याममा समेत बागमती नदीमा पानीको न्यूनतम बहाव सुनिश्चित गर्न शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा बागमती ड्यामको निर्माण कार्य गर्ने सरकारी लक्ष्य हो ।

 

१०. कोखदेखि शोकसम्म सामाजिक सुरक्षाः लोककल्याणकारी राज्यको उद्देश्य प्राप्तिका लागि भन्ने नाराका साथ गर्भावस्थादेखि मृत्यु संस्कारसम्म जीवन चक्रका सबै चरणमा सामाजिक सुरक्षा प्रत्याभूत गरिने बताइएको छ । यद्यपि यो नारा नयाँ भने होइन ।

 

११. गुणस्तरीय स्वास्थ्य उपचार, जनताको अधिकार: यो नाराले आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउँने लक्ष्य लिएको हो ।

 

१२. ल्याउने, सिकाउने र टिकाउने: बालबालिकालाई विद्यालयमा कार्यक्रमलाई विस्तार गरी कृषिजन्य प्रयोगात्मक सिकाइ प्रदान गर्न बजेटले व्यवस्था गरेको छ ।

 

१३. अतिथि देवो भवः सन् २०२३ देखि ३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाउन यो नारा तय गरिएको हो ।

 

१४. श्रमको सम्मान राष्ट्रको अभियान: यो नाराका साथ मर्यादित रोजगारीका अवसर सिर्जना गर्ने बजेटको लक्ष्य हो ।

 

१५. उत्पादन र रोजगार, समृद्धिको आधार: यो नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने बताइएको छ ।

 

१६. जग्गा प्रशासनमा सुशासन: यो नाराका साथ जग्गा प्रशासनसम्बन्धी कामलाई सूचना प्रविधिमा आधारित वनाउँने सरकारको लक्ष्य हो ।

 

१७. खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा, खेतबारीमै प्राविधिक जनशक्ति पुर्याउने: लक्ष्यका साथ ल्याइएको नाराका लागि हरेक स्थानीय तहमा कृषि एवं पशुपन्छी विषयका स्नातक जनशक्ति व्यवस्थापन गर्न ४७ करोड विनियोजन भएको छ ।

 

१८. रैथानेमा गर्व गरौँ: भन्ने नाराका साथ परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको बिऊ संरक्षण गरी खेती विस्तार गर्ने लक्ष्य बजेटले लिएको छ ।

 

१९. आत्मनिर्भर अर्थतन्त्रको आधार, स्वदेशमै उत्पादन र रोजगार भन्ने नाराका साथ स्थानीय आर्थिक सम्भावनाका आधारमा उत्पादन बृद्धि गर्ने र स्वदेशमै रोजगार सृजना गर्ने नाराको उदेश्य रहेको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:०६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:४७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:५०

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:४५

काठमाडौं: २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई...

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१

काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ...