Texas College
YouTube Link

‘भुजी लिग फुटबल प्रतियोगिता-२०८१’को उपाधि लिभुराले उचाल्यो

Facebook Link

रामेछापः ‘भुजी लिग फुटबल प्रतियोगिता-२०८१’ को उपाधि लिखु भुजी रामेछाप (लिभुरा) ले जितेको छ । लिखु भुजी युथ क्लव (एलबीवाईसी) लाई १-० गोल अन्तरले हराउँदै लिभुराले उपाधि जितको हो ।

 

जितसँग लिभुराले स्वर्ण पदक र रनिङ शिल्ड सहित नगद एक लाख २६ हजार रुपैयाँ प्राप्त गर्यो भने उप विजेता एलबीवाईसीले रजत पदक सहित नगद ६३ हजार २६ रुपैयाँ प्राप्त गर्यो । फाईनल खेलमा लिभुराका सुजन सुनुवार म्यान अफ दि म्याच घोषित भए ।  सञ्जोग सुनुवार उच्च गोलकर्ता बने उनले प्रतियोगितामा ५ गोल गरे । त्यसैगरी उत्कृष्ट रक्षक चहायङ लिम्बु, उत्कृष्ट गोलरक्षक मिलन श्रेष्ठ र प्रतियोगिताको उत्कृष्ट खेलाडी सुजन सुनुवार घोषित भएका थिए ।

 

 

प्रतियोगितामा एनवाईसी रामेछापलाई हराउँदै पवित्र युवा क्लवले तृतीय स्थान हाँसिल गर्दै कास्य पदक सहित नगद ३० हजार २६ रुपैयाँ प्राप्त गर्यो । चार समुह विभाजित भुजी लिग फुटबल प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो ।

 

 

त्यसैगरी महिलातर्फ भएको महिला फुटबल प्रतियोगितामा आयोजक फुटबल क्लव भुजीले पीवाईसी खिजी देम्बालाई १-० गोल अन्तरले पराजित गर्यो । जसमा जर्सी नम्बर ७ का खेलाडी उर्मिला सुनुवारको एक गोल नै निर्णायक बन्न पुग्यो । जितसँगै महिला तर्फको फुटबल क्लव भुजीले पदक र प्रमाण-पत्र सहित नगद १५ हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता पीवाईसी खिजी देम्बाले पदक र प्रमाण-पत्र सहित नगद १० हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा ५ महिला टोलीको सहभागीता रहेको थियो ।

 

 

उमाकुण्ड गाउँपालिकाको प्रायोजन रहेको प्रतियोगितामा वडा स्तरीय खेलकुद विकास समिति तथा भुजी र लिखु भूजी रामेछाप युवा क्लबको सहआयोजना र उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिसँगको समन्वयमा फुटबल क्लब भूजीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता रामेछापको उमाकुण्ड गाउँपालिका-७ भूजीस्थित अमृत घामछायाँ खेल मैदानमा सम्पन्न भयो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...