YouTube Link

‘भुजी लिग फुटबल प्रतियोगिता-२०८१’को उपाधि लिभुराले उचाल्यो

Khanepani Dhal
Facebook Link

रामेछापः ‘भुजी लिग फुटबल प्रतियोगिता-२०८१’ को उपाधि लिखु भुजी रामेछाप (लिभुरा) ले जितेको छ । लिखु भुजी युथ क्लव (एलबीवाईसी) लाई १-० गोल अन्तरले हराउँदै लिभुराले उपाधि जितको हो ।

 

जितसँग लिभुराले स्वर्ण पदक र रनिङ शिल्ड सहित नगद एक लाख २६ हजार रुपैयाँ प्राप्त गर्यो भने उप विजेता एलबीवाईसीले रजत पदक सहित नगद ६३ हजार २६ रुपैयाँ प्राप्त गर्यो । फाईनल खेलमा लिभुराका सुजन सुनुवार म्यान अफ दि म्याच घोषित भए ।  सञ्जोग सुनुवार उच्च गोलकर्ता बने उनले प्रतियोगितामा ५ गोल गरे । त्यसैगरी उत्कृष्ट रक्षक चहायङ लिम्बु, उत्कृष्ट गोलरक्षक मिलन श्रेष्ठ र प्रतियोगिताको उत्कृष्ट खेलाडी सुजन सुनुवार घोषित भएका थिए ।

 

 

प्रतियोगितामा एनवाईसी रामेछापलाई हराउँदै पवित्र युवा क्लवले तृतीय स्थान हाँसिल गर्दै कास्य पदक सहित नगद ३० हजार २६ रुपैयाँ प्राप्त गर्यो । चार समुह विभाजित भुजी लिग फुटबल प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो ।

 

 

त्यसैगरी महिलातर्फ भएको महिला फुटबल प्रतियोगितामा आयोजक फुटबल क्लव भुजीले पीवाईसी खिजी देम्बालाई १-० गोल अन्तरले पराजित गर्यो । जसमा जर्सी नम्बर ७ का खेलाडी उर्मिला सुनुवारको एक गोल नै निर्णायक बन्न पुग्यो । जितसँगै महिला तर्फको फुटबल क्लव भुजीले पदक र प्रमाण-पत्र सहित नगद १५ हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता पीवाईसी खिजी देम्बाले पदक र प्रमाण-पत्र सहित नगद १० हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा ५ महिला टोलीको सहभागीता रहेको थियो ।

 

 

उमाकुण्ड गाउँपालिकाको प्रायोजन रहेको प्रतियोगितामा वडा स्तरीय खेलकुद विकास समिति तथा भुजी र लिखु भूजी रामेछाप युवा क्लबको सहआयोजना र उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिसँगको समन्वयमा फुटबल क्लब भूजीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता रामेछापको उमाकुण्ड गाउँपालिका-७ भूजीस्थित अमृत घामछायाँ खेल मैदानमा सम्पन्न भयो ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

वि.सं.२०८२ असार १ आइतवार १३:४८

काठमाडौं: साधन-स्रोतको अभावमा दक्षिण एसियाको उत्कृष्ट अनुसन्धाता नेपाल प्रहरीले चाहेजति...

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

वि.सं.२०८२ जेठ ३१ शनिवार ०७:५०

काठमाडौः 'टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो'...

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

वि.सं.२०८२ जेठ ३१ शनिवार ०६:२८

एजेन्सीः इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार...

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ जेठ ३१ शनिवार ०५:४५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

मकालु हिमालमा ट्राफिक नियम !

मकालु हिमालमा ट्राफिक नियम !

वि.सं.२०८२ जेठ २३ शुक्रवार १३:०४

काठमाडौं: काठमाडौं उपत्यकालाई हरेक किसिमका अपराध नियन्त्रण गर्दै 'सुरक्षित उपत्यका'...

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...