प्यालेस्टाइनलाई हराउँदै नेपाल बन्यो समुह विजेता
वि.सं.२०८० फागुन १३ आइतवार ०७:०८
1.1K
shares
काठमाडौं: वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० गोल अन्तरको फराकिलो जित निकाल्दै नेपालले समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको हो ।
नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । नेपालको जितमा साबित्रा भण्डारी ‘साम्बा’ले २, रेखा पौडेल र गीता रानाले १-१ गोल गरे । जारी खेलमा साबित्राले ८ गोल गरिसककी छिन् । इराक विरुद्ध उनी उक्लैले ५ गोल गरेको थिईन् ।
पहिलो हाफको ४०औ मिनेटमा रेखाको पासमा सबित्राले गोल गर्दै खाता खोलेकी थिइन् । दोस्रो हाफको ५९औ मिनेट सबित्राको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले गोल गरिन् । त्यसपछि रश्मी कुमारी घिसिङको पासमा सबित्राले ७८औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन् । खेलको इन्ज्युरी समयमा सबित्रालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो ।
प्यालेस्टाइनकी गोलकिपरले सबित्रालाई गोल छेक्ने क्रममा मुखमा पञ्च मारेपछि नेपालले पेनाल्टी पाएको थियो । गीता रानाले पेनाल्टीमा गोल गर्दै नेपालको ४-० को जित पक्का गरिन् । नेपालले अब सेमिफाइनलमा मंगलबार लेबनानसँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता जोर्डन र प्यालेस्टाइन खेल्नेछन् । फाइनल खेल बिहीबार साउदी अरबको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ ।
वि.सं.२०८० फागुन १३ आइतवार ०७:०८