विश्वकप छनोटको क्वालिफायर्स खेल खेल्न नेपाल कुवेतमा
वि.सं.२०७८ जेठ १७ सोमवार ०९:४२
936
sharesकाठमाडौंः विश्वकप छनोटको क्वालिफायर्स अन्तर्गतका खेलहरु खेल्न नेपाली फुटबल टोली कुवेतमा पुगेको छ ।
कुवेत जानुअघि नेपालले शनिवार एसियाको बलियो टिम इराकसँग मैत्रीपूर्ण खेलेको थियो ।
उक्त खेल नेपालले ६(२ गोलअन्तरको फराकिलो हार ब्यहोर्यो ।
नेपालले विश्वकप क्वालिफायर्स खेलमा चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियाविरुद्ध खेल्नेछ ।
इराकबिरुद्ध खेलेको खेल प्रशिक्षक अब्दुल्ला अलमुताइरीको रणनीतिमा खेलिएको पहिलो खेल हो ।
नेपाल पराजित भए पनि वाहीवाही पनि पायो।
प्रशिक्षक अलमुताइरीले इराकसँगको खेलपछि भने स् ११र१२ दिनको अभ्यास पछिको खेल हो ।
हामीलाई समय र धैर्य चाहिन्छ ।
प्रशिक्षकको भिजनमा स्पस्ट छन् त्यसैले फुटबल फ्यानको नजरमा प्रिय बनेका छन्।
प्रशिक्षक अलमुताइरीले जोड दिँदै आएको एउटा पक्ष हो अट्याकिङ फुटबल खेल्ने ।
यसैबीच विश्वकप क्वालिफायर्सको तयारीमा रहेको नेपालले इराकविरुद्ध दुई गोल फर्कायो ।
नेपालको खेल पुरै फेरिएको भनेर चर्चा पनि धेरै भयो ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ जेठ १७ सोमवार ०९:४२