रामेछापमा तामाङ र ढुंगेलबीच कडा प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

वि.सं.२०७९ असोज ३० आइतवार १४:४६

काठमाडौं: आगामी मंसिर ४ गते हुन गईरहेको संघ र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति पुर्णबहादुर तामाङ ‘कान्छाराम’ र नेकपा एमालेका केन्द्रिय सदस्य कैलाश ढुंगेलबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचनको लागि नेपाली कांग्रेस र माओवादीको गठबन्धनबाट साझा उमेद्वारी परेको छ भने नेकपा एमाले भने एक्लै निर्वाचनमा होमिएको छ ।
जसरी पनि निर्वाचन आफनो पक्षमा पार्ने रणनीतिका साथ एमाले र मुख्य दुई ठुला दल नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धनमा उत्रिएसँगै रामेछापमा चुनावी सरगर्मी बढेको छ ।
अघिल्लो निर्वाचनमा बाम गठबन्धनको तर्फबाट संघमा एकीकृत माओवादीका श्याम कुमार श्रेष्ठ निर्वाचित भएका थिए भने रामेछापको प्रदेश ‘क’ मा एमालेका शान्तिप्रसाद पौडेल र प्रदेश ‘ख’ मा पनि एमालेकै कैलाश ढुंगेल निर्वाचित भएका थिए ।
गठबन्धनमा सहमति गरेको नेकपा समाजवादी गठबन्धनबाट बाहिरिएसँगै पोलिटब्युरो सदस्य देवशंकर पौडेलको नेतृत्वमा छुट्टै उमेद्वारी दर्ता गराएका छन् ।
गठबन्धनबाट संघमा जिल्ला कांग्रेस सभापति पुर्ण बहादुर तामाङ र प्रदेश तर्फको दुवैमा नेकपा माओवादी केन्द्रले क्रमश: संविधान सभाका सभाषद तारा नारायण श्रेष्ठ ‘क’ र पार्टीका पोलिटब्युरो सदस्य युवराज चौलागाईलाई ‘ख’ बाट साझा उमेद्वारको रुपमा चुनावी मैदानमा उतारेको छ ।
यता राप्रपा र एमालेबीच गठबन्ध भएको भनिएपनि रामेछापमा भने नेकपा एमाले र राप्रपाले एक्ला एक्लै उमेद्वारी दर्ता गराएका छन् । जसमा नेकपा एमालेले संघमा पार्टीका जिल्ला ईन्चार्ज एवं पुर्व प्रदेश अर्थ मन्त्री कैलास ढुगेललाई उमेद्वार बनाएको छ ।
पार्टीभित्रको आन्तरिक विवादका कारण विवाद मिलाउन नसकेको अवस्थामा तामाङलाई भने जितका लागि सहज देखिदैन । त्यसका लागि उसका जिल्ला नेताहरु नै स्वतन्त्र उमेद्वारका रुपमा उमेद्वार बनेका छन् भने केहि नेताहरुले नेपाली कांग्रेस विपी र अन्य साना पार्टीबाट उमेद्वारी दिएकाले यसको असर गठबन्धनमा पर्ने देखिन्छ ।
त्यसैगरी प्रदेश तर्फ पूर्व प्रदेश मन्त्री शान्ति पौडेल ‘क’ र एमाले जिल्ला सदस्य मिलन घिसिङलाई ‘ख’ बाट चुनावी मैदानमा उतारेको छ ।
गठबन्धन र एमालेको तर्फबाट उम्मेरदवार बनेका तामाङ र ढुंगेल दुबै जना आफुले सहजै निर्वाचन जित्नेमा बिश्वस्त छन् । २०७४ सालको प्रतिनिधि सभाको नतिजा र स्थानीय तहको नतिजा हेर्ने हो भने कांग्रेस उम्मेरदवार सहजै जितको नजिक देखिन्छ ।
तर पार्टीभित्रको आन्तरिक विवादका कारण विवाद मिलाउन नसकेको अवस्थामा तामाङलाई भने जितका लागि सहज देखिदैन । त्यसका लागि उसका जिल्ला नेताहरु नै स्वतन्त्र उमेद्वारका रुपमा उमेद्वार बनेका छन् भने केहि नेताहरुले नेपाली कांग्रेस विपी र अन्य साना पार्टीबाट उमेद्वारी दिएकाले यसको असर गठबन्धनमा पर्ने देखिन्छ ।
गठबन्धनबाट साझा उम्मेदवार बनेका पुर्णबहादुर तामाङ ‘कान्छाराम’ २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका श्यामकुमार श्रेष्ठ ‘कुशल’सँग झिनो मतान्तरले पराजित भएका थिए ।
२०७४ सालको निर्वाचनमा सयुक्त गठबन्धनका उम्मेदवार श्रेष्ठले ४२ हजार ११७ मत प्राप्त गरी विजयी भएका थिए भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कान्छारामले ३५ हजार ७ ७१ मत प्राप्त गरेका थिए ।
एमालेबाट उम्मेरदवार बनेका कैलाश ढुंगेल आफनो अघिल्लो कार्यकाल रामेछापका जनताको विकासका लागि सुखद भएकोले पनि आफ्नो पक्षमा पहिलाको भन्दा जनमत बढेको भन्दै आफु निर्वाचनमा सहजै निर्वाचन जित्ने दावी गरेका छन् ।
गठबन्धनभित्रका धेरै असन्तुष्टि सम्बोधन भईसक्ने र अघिल्लो निर्वाचनमा पराजय भोगेर पनि गठबन्धनका साझा उमेद्वार बनेका कान्छारामले दर्जनौको संख्यामा सामाजिक कार्य गरेर जनताको मन जितेकाले यो पटक गठबन्धनका साझा उमेद्वारका लागि जित सहज हुने दावी गठबन्धन पक्षको छ ।
यता राप्रपा र राप्रपा नेपाल लगायतका राजनीति पार्टीहरुले पनि छुट्टा छुट्टै उमेद्वारी दर्ता गराएका छन् । त्यस बाहेक अन्य साना राजनीतिक पार्टी र स्वतन्त्र उमेद्वार समेत गरि संघमा २२ जना र प्रदेश सभाका लागि २५ जनाले उमेद्वारी दर्ता गराएका छन् ।

वि.सं.२०७९ असोज ३० आइतवार १४:४६