1. Home
  2. /
  3. प्रदेश ७

दार्चुलाको गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भासिँदा चार बालबालिकाको मृत्यु

दार्चुला: दार्चुलाको नौगाढ गाउँपालिका-४ स्थित गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भासिँदा चार बालबालिकाको मत्यु भएको छ। मृत्यु हुनेमा दश वर्षीया अनुस्का धामी, आठ वर्षीय सुदिश धामी, पाँच वर्षीया युनिका धामी र सात वर्षीया निरुता ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदानमा बालबालिका खेल्दै गर्दा ढक्कन भासिएर उनीहरू सेफ्टी […]

डडेल्धुराको भीमदत्त राजमार्गमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, २६ जना घाइते

डडेल्धुरा: डडेल्धुरामा बस दुर्घटना हुँदा ६ जना मृत्यु भएको छ । भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको गन्यपाधुरा गाउँपालिका वडा नम्बर १ को साहुखर्क नजिकै आज बिहान पौने ५ बजे धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ बस दुर्घटना भएको हो । दुर्घटनामा परि ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएको प्रहरीले […]

भारतमा हुन लागेको लोकसभा चुनावका लागि पश्चिमी नाका ४५ घण्टाका लागि बन्द हुने

कञ्चनपुर: कञ्चनपुरको सिमा नाका गड्डाचौकीमा गएरातीदेखि बन्द भएको छ । भोलीदेखि भारतमा हुन लागेको लोकसभा चुनावका लागि भारतसँग सिमानाका जोडिएका अन्य नाकाहरु पश्चिमी नाका गड्डाचौकी पनि लगभग ४५ घण्टाका लागि बन्द हुने भएको हो । भारतको उत्तराखण्डसँग सिमा जोडिएको गड्डाचौकी नाकामा मंगलबार राती १२ बजे बाट विहिबार राती ९ बजेसम्म सवारीसाधन तथा यात्रुहरुको आवतजावतमा रोक […]

निर्मला हत्या प्रकरणमा तत्कालीन एसपी विष्ट सहित ८ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्धा दायर, ६ जनाको बयान सुरु

काठमाडौं: निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा दायर भएको मुद्धामा अवकास प्राप्त डीएसपी ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । निर्मला पन्त बलात्कार हत्या प्रकरणमा केही महिनाअघि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेपछि पुन एकपटक निर्मला […]

कैलाली घटनाका मुख्य अभियुक्त राजपा सांसद रेशम चौधरी सहित १२ जनालाई जिल्ला अदालतले सुनायो जन्मकैद

कैलाली: २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा प्रहरी वरिष्ठ उपरिक्षक लक्ष्मण न्यौपाने सहित ८ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको घटनाको बुधबार जिल्ला अदालतले फैसला गरेको छ । न्यायाधीस परसुराम भट्टराईको ईजलासले सांसद रेशम चौधरी सहितका ११ जनालाई घटनामा दोषी रहेको भन्दै जन्मकैदको फैसला सुनाएको छ । सो घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक […]

दार्चुलाको तींकर सडकखण्ड अन्तर्गत राताकाठामा हिजो भएको जीप दुर्घटनामा ११ जनाको मृत्यु

दार्चुला: दार्चुला तींकर सडक खण्डको राताकाठामा जीप दुर्घटना हुदा ११ जनाको मृत्यु भएको छ भने जीपका चालक गम्भीर घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरिक्षक रविन्द्र कठायतकाअनुसार सदरमुकामबाट हिकिलाका लागि छुटेको म १ ज २८० नम्बरको जीप दुहु गाउँपालिका-३ राताकाठाको भीरमा खसेर दुर्घटना भएको हो । हिजो साँझ सवा ८ […]

केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै जिल्लाका उच्च लेकाली क्षेत्रमा भारी हिमपात

बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात भएको छ । सोमबारदेखि राती केही ठाउँमा हिमपात भएको र गएराती पनि जिल्लाका विभिन्न ठाउँमा हिमपात भएको छ । केही दिन अघिबाट मौसममा आएको परिवर्तनसंगै जिल्लाका उच्च लेकाली क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण स्थानीयहरुको दैनिकी कष्टकर बन्दै गएको छ । हिमपातका कारण बैतडीको अनारखोलीमा सडक अवरुद्ध […]

शिकारीको गोली लागेर चितुवाको मृत्यु

डोटी। डोटीको शिखर नगरपालिका–१० वनलेकस्थित चामेको कुण्ड नजीक मृतावस्थामा फेला परेको पाटे चितुवा गोली लागी मृत्यु भएको पुष्टि भएको छ । चितुवा मृतावस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको र प्रहरीले आवश्यक प्रक्रियाका लागि डिभिजन वन कार्यालय डोटीमा बुझाएको थियो । डिभिजन वन कार्यालयमा चितुवाको शवपरीक्षण गर्दा चितुवाको शरीरमा दुई गोली लागेको उल्लेख गरिएको छ […]