1. Home
  2. /
  3. प्रदेश २

तीब्र गतिको हावाहुरीका कारण मृत्यु भएका मृतकका परिवारलाई तीन लाख रुपैयाँ राहत प्रदान गर्ने प्रदेश २ सरकारको निर्णय

बारा: आइतबार राति विनाशकारी हावाहुरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख व्यक्त्त गर्दै मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आज बिहानै बसेको प्रदेश २ सरकार मन्त्रिपरिषदको आकस्मिक बैठकले आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीमा परी मृत्यु […]

बारा र पर्सामा हावाहुरीबाट ३० जना भन्दा बढीको मृत्यु, ५०० भन्दा बढी घाइते

काठमाडौं: आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३० जना भन्दा बढीको मृत्यु भएको भने पाँच सय भन्दा बढी घाइते छन् । रोल घाईतेहरुको बारा र पर्साको विभिन्न अस्पतालहरुमा उपचार हुँदैछ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा खटिएका छन् । उपचारको क्रममा अस्पतालमा रगतको अभाव […]

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर २ को एसईई परीक्षा यसै महिना सञ्चालन गर्ने गरी स्थगित

काठमाडौं: परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर २ को एसईई परीक्षा यसै महिना सञ्चालन गर्ने गरी स्थगित भएको छ । चैत्र १० गतेदेखि सुरु भएको एसईईमा बिज्ञान विषयको परिक्षा रद्द भएको थियो भने सामाजिक विषयको परीक्षा पनि स्थगित भएको थियो । प्रश्नपत्र एकदिन अघि नै बाहिरिन थालेपछि शिक्षा मन्त्रालयमा छलफल गरी शिक्षामन्त्री गरिराजमणि पोखरेलले प्रदेश […]

नेपाली जनता जहाँ बसे पनि शान्तिले बस्न पाउन: पूर्वराजा ज्ञानेन्द्र शाह

जनकपुर: पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा शान्ति, प्रगति र एकताको आवश्यकता रहेको बताउनुभएको छ । जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चनापछि पूर्वराजा शाहले नेपाली जनता जहाँ बसे पनि शान्तिले बस्न पाउन भनेर आफूले कामना गरेको बताउनुभयो । राजसंस्थाको पक्षमा नाराबाजी भइरहेकै समयमा मन्दिर पुग्नुभएका पूर्वराजा शाहले जानकी मन्दिरसँगै जनक मन्दिर सवा लाख शालीग्राम मन्दिर र विवाह मण्डपमा समेत […]

पार्टी एकतापछि मधेशमा नेकपाको पहिलो आमसभा, प्रदेश-२ को बिकासमा संघीय सरकार सक्रिय: प्रधानमन्त्री ओली, बिशेष प्याकेज लिएर मधेशको बिकास: प्रचण्ड

रौतहट: पार्टी एकतापछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले प्रदेश नम्बर २ को रौतहटमा पहिलो पटक सभाको आयोजना गरेको छ । रौतहटको गरुडामा आयोजित सभामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश-२ को बिकासमा संघीय सरकार सक्रिय भएर लागेको बताउनुभयो । प्रदेश सरकारको बेटी बचाऔं, बेटी पढाऔं अभियानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले मधेशको बिकास तथा […]

पार्टी एकतापछि आज पहिलोपटक नेकपाका अध्यक्षद्वयले आमसभामा सम्बोधन गर्दै, दुई नम्वर प्रदेशमा सुरक्षा व्यवस्था कडा

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले मधेशमा आयोजना गर्न लागेको जनसभालाई पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गर्ने भएका छन् । नेकपाको प्रदेश २ कमिटिले आज रौतहटको गरुढामा आयोजना गर्ने जनसभालाई पार्टीका दुबै अध्यक्षले सम्बोधन गर्ने जनाइएको छ । सरकार गठन भएको एक वर्ष पुगेको र मधेश कस्तो प्राथमिकतामा छ ? भन्ने […]