1. Home
  2. /
  3. विदेश

हङकङमा जारी प्रदर्शनले उग्र रुप लिँदै, प्रदर्शनकारीमाथि पेट्रोल बम र पानीको फोहरा प्रहार

एजेन्सी: हङकङमा जारी प्रदर्शनले उग्र रुप लिएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् । आइतबार राति प्रहरी र प्रदर्शनकारीबीच झडपहरू भएको जनाइएको छ । दिउँसो लोकतन्त्र पक्षधर र बेइजिङ समर्थक प्रदर्शनकारीबीच नर्थपोइन्टमा हिंसात्मक झडप भएको थियो । मध्य हङ्‌कङमा प्रतिबन्धको उल्लङ्घन गर्दै र्‍यालीमा सहभागी भएका दशौँ हजारलाई […]

भारतको आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटना हुँदा १२ जनाको मृत्यु, ३० जना बेपत्ता

एजेन्सी: भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ३० जना बेपत्ता भएको भारतीय अधिकारीहरुले बताएका छन् । ६१ पर्यटक सवार डुङ्गा गोदावरी नदीमा दुर्घटना भएको आन्ध्रप्रदेशको विपद् व्यवस्थापन अधिकारीले बताएका छन् । घटनामा कम्तीमा २० जनालाई सकुशल उद्धार गरेको बताइएको छ । प्रहरीका अनुसार आन्ध्र पर्यटन […]

सोमबार मध्यरातबाट पाँच साताका लागि बेलायती संसद् निलम्बन

एजेन्सी: सोमबार मध्यरातबाट पाँच साताका लागि बेलायती संसद् निलम्बित भएको छ । प्रधानमन्त्री बोरिस जोनसन संसदमा भएका चार मतदानमा पराजित भएसँगै संसद् निलम्बनमा परेको हो । संसद् पाँच सातासम्मका लागि निलम्बित गरिएको बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटले पुष्टि गरेको हो । यस अनुसार बेलायती संसद् आगामी १४ अक्टोबरसम्म निलम्बित हुनेछ । अक्टोबर १४ मा […]

इरानले फेरी इन्धन बोकेको पानीजहाज नियन्त्रणमा लियो

एजेन्सी: इरानले स्ट्रेट अफ हर्मुजमा अर्को इन्धन बोकेको पानीजहाज नियन्त्रणमा लिएको छ । हर्मुजको स्ट्रेटमा डिजेल खाडी क्षेत्रबाट तस्करी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको इरानको सरकार सञ्चालित समाचार संस्थाले जनाएको छ । उक्त पानीजहाजले २ लाख ८४ हजार लिटर डिजेल तस्करी गरिरहेको इरानी अधिकारीले जनाएका छन् । पानी जहाजसहित त्यहाँ काम गर्ने १२ फिलिपिनो कर्मचारीलाई समेत […]

फिलिपिन्समा भएको विमान दुर्घटनामा परी नौ जनाको मृत्यु

एजेन्सी: फिलिपिन्समा भएको विमान दुर्घटनामा यात्रारत सबैजनाको मृत्यु भएको छ । आइतबार दिउँसो भएको दुर्घटनामा फिलिपिनी प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित नौ जना सवार विमान दुर्घटना हुँदा सबैजनाको मृत्यु भएको हो । यसअघि आएको प्रारम्भिक रिपोर्टमा विमानमा कति जना यात्रु रहेका थिए भन्ने जानकारी पाउन सकिएको थिएन भने सात जनाको मृत्यु भएको बताइएको थियो । […]

अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु, दर्जन भन्दा बढी घाइते

एजेन्सी: अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् । एल पासोमा ४ साताअघि भएको घटना सेलाउन नपाउँदै टेक्सासका पश्चिमी शहरहरू ओडिसा र मिडल्यान्डमा शनिबार दिउँसो बन्दुक आक्रमण भएको हो । टेक्सासका प्रहरी प्रवक्ताले घटनाको पुष्टि गर्दै गाडीमा सवार बन्दुकधारीको आक्रमणबाट ५ को मृत्यु […]

हङकङमा प्रतिबन्धका बाबजुद दशौं हजारले गरे प्रदर्शन, प्रदर्शन नियन्त्रण गर्न प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार

एजेन्सी: हङकङमा प्रहरीले प्रदर्शनमा प्रतिबन्ध लगाएपनि दशौं हजारले प्रदर्शनलाई चर्काएका छन् । शनिबार हङकङका विभिन्न क्षेत्रमा लोकतन्त्रवादी प्रदर्शनकारीले प्रदर्शन गरेका हुन् । दशौं हजार प्रदर्शनकारीले हङकङको संसद् भवन, सैनिक अखडा, प्रहरी चौकी अगाडी प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई नियन्त्रण गर्नका लागि प्रहरीले रबरको गोली, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । जवाफमा प्रदर्शनकारीले प्रहरीमाथि […]

ब्रेक्जिटको मिति नजिकिँदै गर्दा बेलायती प्रधानमन्त्री बोरिस जोनसोनद्वारा संसद् निलम्बन

एजेन्सी: संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई महारानी एलिजावेथ द्वितीयले अनुमति दिएकी छन् । यो अनुमतिले अब बेलायती प्रधानमन्त्री बोरिसलाई अघि बढ्न सहज भएको छ । महारानी एलिजावेदको अनुमतिसँगै प्रधानमन्त्री बोरिसले आउँदो सेप्टेम्बरपछि बेलायतको संसद्‌ निलम्बन गर्ने प्रकियामा जाने अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । बेलायतमा प्रधानमन्त्री बोरिस जोहन्सनले संसद् निलम्बन भएपछि […]

इन्डोनेसियाको पश्चिमी प्रान्तमा भ्रम फैलाउन खोजेको भन्दै सरकारद्वारा इन्टरनेट सुविधामा कटौती

एजेन्सी: इन्डोनेसियाले पश्चिमी प्रान्तमा फैलिएको हिंसात्मक प्रदर्शन रोक्न सुरक्षाकर्मी परिचालन गरेको छ । विभिन्न समुदायमा फैलिएको हिंसात्मक गतिविधि रोक्न सुरक्षाकर्मी परिचालन गरीएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । पश्चिमी पापुरालाई दुई भागमा विभाजन गरेको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले बल प्रयोग गर्दा कयौं घाइते भएको समाचारमा जनाइएको छ । आन्दोलनकारीले शान्तिपूर्ण […]