1. Home
  2. /
  3. ब्रेकिङ न्युज

हङकङमा जारी प्रदर्शनले उग्र रुप लिँदै, प्रदर्शनकारीमाथि पेट्रोल बम र पानीको फोहरा प्रहार

एजेन्सी: हङकङमा जारी प्रदर्शनले उग्र रुप लिएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् । आइतबार राति प्रहरी र प्रदर्शनकारीबीच झडपहरू भएको जनाइएको छ । दिउँसो लोकतन्त्र पक्षधर र बेइजिङ समर्थक प्रदर्शनकारीबीच नर्थपोइन्टमा हिंसात्मक झडप भएको थियो । मध्य हङ्‌कङमा प्रतिबन्धको उल्लङ्घन गर्दै र्‍यालीमा सहभागी भएका दशौँ हजारलाई […]

कोशी सम्झौता कार्यान्वयन गर्न माग गर्दै किसानहरुले सुरु गरेको रिले अनसनको एक महिना पुरा

काठमाडौं: ६५ वर्षअघिको कोशी सम्झौता कार्यान्वयन गर्न माग गर्दै सप्तरी, सुनसरी र उदयपुरका किसानहरु कोशी ब्यारेजको पूर्वी कन्ट्रोल रुम अगाडि रिले अनसन बसेको एक महिना पुगेको छ । सप्तकोशी नदीमा पुल निर्माणका कारण कटान र डुबानमा परेको जग्गाको क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउनुपर्ने माग राख्दै सुरु भएको रिले अनसनको एक महिना पुग्दासम्म कतैबाट सुनुवाइ हुन […]

नागरिकता विवादित विधेयकबारे नेकपा र कांग्रेसका शीर्ष नेताबीच छलफल

काठमाडौं: नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले पछिल्ला राजनीतिक घटनाका विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार साँझ समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए । काङ्ग्रेस सभापति […]

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान आजबाट

काठमाडौं: नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आजबाट देशभर एकैसाथ सुरु गर्दै छ । हरेक प्रदेशसभा क्षेत्रमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियान सुरु गरिने जनाएको छ । कांग्रेस संस्थापक बीपी कोइरालाको १०६औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानको उदघाटन एक सय छ वटा बिरुवा रोपेर गरिने जानकारी दिएको छ । १५ दिने अभियानको अन्तिम […]

नेपाल-भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन आज

काठमाडौं: नेपाल–भारतको बहुप्रतीक्षित अन्तरदेशीय पेट्रोलियप पाइपलाइन परियोजनाको उद्घाटन आज हुँदैछ । भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ-आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत् एकैसाथ स्वीच थिचेर परियोजनाको उद्घाटन […]

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

काठमाडौं: चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन् । चिनियाँ समकक्षी वाङ परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणामा आजबाट नेपालको तीन दिने औंपचारिक भ्रमण आउन लागेका हुन् । वाङ यीलाई परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी सहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज शिष्टाचार […]

आज पनि देशभरको मौसम बदली, आगामी तीन दिन देशका अधिकांश स्थानमा मेघ गर्जन सहित वर्षा हुने पूर्वानुमान

काठमाडौं: केही दिनदेखि बदली भैरहेको मौसम आज पनि देशका अधिकांश स्थानमा बदली भई वर्षा हुने देखिएको छ । अहिले देशभर मौसम बदलि भई केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा भईरहेको छ । आज पनि देशभरि आंशिकदेखि सामान्य मौसम बदली रही केहि स्थानहरुमा मध्यान्ह पछि मेघ गर्जन सहित वर्षा हुने सम्भावना रहेको छ । जल तथा […]

पत्रकारलाई जरिवाना गर्ने व्यवस्था हटाउन कांग्रेसको माग, गल्ती गर्नेले सार्वजनिक माफी माग्नुपर्ने

काठमाडौं: नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयकमा २९ बुँदे संशोधन दर्ता गरेको छ । प्रस्तावित विधेयकका जरिवाना तथा आचारसंहिता उल्लङ्घनमा अन्य कानुन अनुसार हुने कारबाहीको व्यवस्था हटाउन कांग्रेसले माग गरेको छ । संघीय संसदमा पेस हुनुअघि नै विवादित बनेको विधेयकमा कांग्रेसले दर्ता गराएको हो । कांग्रेसको संशोधनमा पत्रकार आचारसंहिता विपरीत समाचार प्रकाशन वा प्रसारण गर्ने पत्रकारलाई […]

आइतबार बन्द भएका एटिएम सुचारु, ह्याकरहरूको सक्रियतलाई गम्भिरताका साथ लिएर अध्ययन सुरु

काठमाडौं : चिनियाँ ह्याकरले नेपाली बैंकका एटिएमबाट नेपाल र भारतमा गरि तीन करोड ६८ लाख रुपैयाँ भन्दा बढी रकम चोरी गरेपछि आइतबार बन्द भएका एटिएमहरू सुचारु भएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले आइतबार दिउँसो केहि समय एटिएम बन्द भएपनि साँझबाट सञ्चालन आएको जानकारी गराए । प्रवक्ता निरौलाले सर्वसाधरणको निक्षेप पूर्ण रुपमा सुरक्षित […]