1. Home
  2. /
  3. मुख्य खबर

सरकारले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही तीनदेखि नौ लाख पुरस्कार दिने

काठमाडौं: सरकारले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ । आज बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको हो । एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने पनि उहाँले घोषणा गर्नुभएको छ […]

अमेरिकाको जर्सी शहरमा प्रहरी र संदिग्धबीच दुईतर्फी गोलीबारी

एजेन्सी: अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा एक सुरक्षाकर्मी सहित ६ जनाको मृत्यु भएको छ । शहरका मेयर स्टिवन फुलपका अनुसार अन्य दुई सुरक्षाकर्मी घाइते भएको जनाएका छन् । शहरको ग्रीनविले इलाकामा लगभग एक घण्टासम्म दुईतर्फी गोलीबारी भएको थियो । गोलीबारी गर्ने को थिए र उनीहरुको यस पछाडिको उद्देश्य के थियो भन्नेबारे केही निश्चित जानकारी आइसकेको […]

अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्धका महाभियोग सम्बन्धी अभियोग सार्वजनिक

एजेन्सी: अमेरिकी संसद्को न्यायिक समितिले औपचारिक रूपमा राष्ट्रपति ट्रम्पविरूद्धका महाभियोग सम्बन्धी अभियोगहरू सार्वजनिक गरेको छ । त्यसलाई राष्ट्रपतिविरुद्ध अघि बढाइएको महाभियोग प्रक्रियाको एउटा प्रमुख कदमको रूपमा हेरिएको छ । डेमोक्रयाटहरूको नियन्त्रण रहेको समितिका प्रमुख जेरोल्ड न्याडलरले सार्वजनिक गरेको पहिलो बुँदामा राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ । दोस्रोमा संसद्को गतिविधिमा बाधा पुर्‍याएको आरोप […]

एसियाली विकास बैंक एडिबीद्वारा नेपालमा चार नयाँ परियोजनाको लागि ऋण लगानी गर्ने सहमत

काठमाडौं: एसियाली विकास बैंक एडिबीले चार नयाँ परियोजनाको लागि नेपालमा ४० अर्ब ८१ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गर्ने समझदारी गरेको छ । बैंकले नेपाल सरकारका अधिकारीहरुसँग ३ सय ५८ मिलियन डलर मंगलबारको विनिमय दर अनुसार ४० अर्ब ८१ करोड सहुलियतदरको ऋण सहयोग गर्ने समझदारी गरेको हो । ऋण सहयोग सम्बन्धी सम्झौतामा मंगलबार नेपाल सरकारका […]

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नियमित डायलासिसका लागि अस्पताल पुग्नुभएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पताल बसेर डिस्चार्ज हुनभएका प्रधानमन्त्री ओली आज साँझ ७:३० बजे अस्पताल पुग्नुभएको हो । प्रधानमन्त्री ओलीको मंसिर १० गते एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । शल्यक्रिया गरेको १० दिनपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । प्रधानमन्त्री […]

१३औं दक्षिण एसियाली खेलकुदको समापनमा प्रधानमन्त्रीले भिडियोबाट सम्बोधन गर्ने कार्यक्रम तय

काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद (साग)को आज विशेष कार्यक्रमकाबीच समापन हुँदैछ । डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रबिधिमार्फत सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथी रहने समापन समारोहमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिब सिलबालले सम्बोधन गर्ने छन् […]

साग अन्तर्गत पौडीमा नेपालकी गौरिकालाई कीर्तिमानी चौंथो स्वर्ण पदक

काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले कीर्तिमानी चौंथो स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा सोमबार भएको महिला १ सय मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । स्वर्ण जित्ने क्रममा गौरिकाले ५८ दशमलव १३ सेकेण्डको समयमा दुरी पुरा गरेकी थिइन् । भारतकी शिवांगी शर्माले रजत जितिन् । योसंगै गौरिकाले […]

भारतको विवादित नागरिकता विधेयक तल्लो सदनमा पारित

एजेन्सी: भारतमा छिमेकी तीन देशबाट आउने गैरमुस्लिम शरणार्थीलाई धार्मिक धरातलमा नागरिकता दिन सकिने एउटा विवादास्पद विधेयकलाई त्यहाँको संसदको तल्लो सदनले पारित गरेको छ । लोकसभामा सोमवार राति भएको मतदानमा उक्त नागरिकता संशोधन विधेयकको पक्षमा ३११ र विपक्षमा ८० मत खसेको थियो । उक्त विवादास्पद विधेयकले पाकिस्तान, बाङ्लादेश र अफ्गानिस्तानबाट आएका धार्मिक अल्पसङ्ख्यकहरूलाई नागरिकता दिन खोजेको […]

१३औं सागको अन्तिम दिन आज पाँच खेल हुँदै, पुरुष फुटबलमा स्वर्णको लागि नेपाल र भुटान भिड्ने

काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दशौँ अर्थात् अन्तिम दिन आज विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको दशौँ दिन समापन समारोहसहित काठमाडौं पाँच खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह पाँच बजेपछि सुरु हुनेछ । सागमा आज फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । सबै खेल काठमाडौंमा हुनेछ । […]