डोमिनिक थिएमले जिते यूएस ओपनको उपाधि


एजेन्सीः विश्व नम्बर ३ अष्ट्रियाका डोमिनिक थिएमले युएस ओपन ग्राण्ड स्लामको उपाधि जितेका छन् ।

पुरुष सिङ्गल्सको फाईनलमा थिएमले जर्मनीका एलेक्जेन्डर भेरेभबिरुद्धको खेलमा पुनरागमन गर्दै फाईनलको उपाधि आफ्नो पक्षमा पार्न सफल भएका हु्न् ।

पहिलो सेटमा २–६ र दोस्रो सेटमा ४–६ को हार खेपेका थिमले त्यसपछिका ३ वटै सेट जित्दै उपाधि उचाल्न सफल भएका हुन् ।

उनी ७१ बर्षपछि पहिलो २ सेट गुमाएर युएस ओपन उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।

यस अघि १९४९ मा अमेरिकाका पन्चो गोन्जालेसले पहिलो २ सेट गुमाएर युएस ओपन उपाधि जितेका थिए ।

रोमाञ्चक बनेको फाइनलमा उनले भरेभलाई २–६,४–६, ६–४, ६–३ र ७–६ हराएका हुन् ।

योसंगै थिम युएस ओपन सिङ्गल्सको उपाधि जित्ने पहिलो अष्ट्रियाका खेलाडी बनेका छन् ।

थिमले सेमिफाइनलमा रूसका डेनियल मेदभेदेभलाई हराएका थिए भने भेरेभले स्पेनका पाब्लो कारिनो बुस्टालाई हराउदै फाइनल प्रवेश गरेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


%d bloggers like this: