साउदी अरबमा करिव १२ सय नेपाली श्रमिक अलपत्र, नेपाल सरकार र दूतावासविरुद्ध नाराबाजी


काठमाडौं: वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका करिव १२ सय नेपाली कामदार अलपत्रमा परेका छन् ।

साउदी अरबको रियादस्थित समास्को सप्लाइ कम्पनीमा काम गर्ने कामदारहरूको करार अवधि सकिएको ७ महिना हुँदा पनि कम्पनीले चासो नदेखाएको र घर फर्किन पनि नपाएको पीडितहरूले बताएका छन् ।

आफूहरूको समस्याबारे रियादस्थित नेपाली दूतावासमा पुगेर सहयोग माग्दा सुनुवाइ नभएको ती नेपाली श्रमिकहरूको आरोप छ । उनीहरूले नेपाल सरकार तथा नेपाली दूतावासविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

घरबाट पैसा मगाएर स्वदेश फर्किन्छौँ भन्दा पनि नेपाल सरकारले उडानको व्यवस्था गर्न नसकेको र दूतावासले पनि चासो नदेखाएको उनीहरूको आरोप छ ।

कम्पनीले चार्टर उडान गर्न दूतावाससँग समन्वय गरे पनि दूतावास र कम्पनीबीच तालमेल नमिल्दा पटक पटक उडान स्थागित हुँदै आएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


%d bloggers like this: