पानीको माग गर्दै रुद्री पुजा


रामेछाप: देशभरी पानी परेर बाढी पहिरोले क्षति गरिरहेको बेला रामेछापको मन्थलीका किसानहरुले भने पानीको माग गर्दै रुद्री पुजा गरेका छन् ।

साउन महिना वित्न लाग्दा पनि पानी नपरेपछि रोपाई गर्न नपाएका यहाँका किसानहरुले आज रणजोर खोलामा रुद्री पुजा गरेर पानीका लागि भगवानसंग प्राथाना गरेका हुन् ।

अघिल्लो दिन खोलाको शिरमा रहेकी देविको मन्दिरमा समेत किसानहरुले पुजाआजा गरेका थिए ।

आकासे पानीको भरमा खेति गर्दै आएका आफुहरुले पानी नपरेपछि निराश हुँदै पानी पर्ने आशामा पुजाआजा गरेको स्थानीय किसान बासु सुवेदीले बताउनु भयो  ।

यस बर्ष पानीको अभावमा रोपाईं गरेका केहि खेतहरुमा पनि रोपाईंपछि पानी लगाउन नपाएकाले  खेत नै पट्पटी फुट्न थालेको छ ।

गाउँका सवैजना जम्मा भएर खोलामा गइ पुजा गरेको मन्थली १ का किसान शिवप्रसाद सुवेदीले बताउनु भयो । पुजामा १ सय ५० परिवार किसानहरुको सहभागिता रहेको थियो ।

पानीको अभावमा रामेछापको मन्थली मात्र होइन जिल्लाका अन्य गाउँहरुमा पनि आकासे पानीको भरमा खेति गर्दै आएका यहाँका खोलाहरुमा मुल फुट्न नसक्दा रोपाइ हुन पाएको छन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


%d bloggers like this: