माछापुच्छ्रे र सिद्वार्थ बिजिनेश ग्रुपबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता


काठमाडौं: माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा सिद्धार्थ बिजनेश ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले सिद्धार्थ बिजनेश ग्रुप अफ अन्तर्गतका देशका बिभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेन्ट, रिर्सोट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा १०% सम्मको छुट पाउनेछन् ।

बैंकको डेबिट क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनैपनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट प्राप्त गर्न सक्नेछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


%d bloggers like this: