सडकमा निशुल्क मास्क बाड्दै जिल्ला प्रशासन कार्यालय

२०७७, १४ श्रावण बुधबार १६:४५


 

रामेछाप:  रामेछापका नागरीकहरुलाई मास्क लगाउन बानी पार्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय रामेछापले आज मन्थली बजारमा निशुल्क मास्क वितरण गरेको छ ।

 

कोरोना संक्रमण बढ्दै जान थालेपछि रामेछाप जिल्लामा मास्क वितरण कार्यलाई अभियानका रुपमा शुरु गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो ।

 

कोरोना रोकथामका लागि मास्कको प्रयोग राम्रो मानिएकाले रामेछाप जिल्लामा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, नागरीक स्तरका संघ संस्था तथा सरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा यो अभियान शुरु गरिएको हो ।

 

कोरोनाको संक्रमण बढ्दै जान थालेको भएपनि नागरीकहरु मास्कको प्रयोग विना नै सडकमा हिड्ने तथा सार्वजनिक स्थलहरुमा जमघट हुन थालेपछि सरकारले मास्कको प्रयोगमा सचेतना ल्याउने उदेश्यले अभियान शुरु गरेको हो ।

 

अभियान अन्र्तरगत पहिलो चरणमा र्याली तथा मास्क वितरण गरिएको र यसपछि पनि जानी जानी मास्क लगाउन अटेर गर्नेलाई कारवाहि गरिने प्रशासनले जनाएको छ ।


र यो पनि...

देशभर भगवान् श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

उपत्यकामा अतिआवश्यक बाहेकका सेवा तीन हप्ताका लागि बन्द, नीजि सवारीमा जोर-बिजोर प्रणाली लागू गर्न माग

नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

विज्ञानदेव पाण्डे नेपाली सेनाका सहायक रथीबाट उपरथीमा बढुवा

भदौ १५ गतेसम्म पुनः यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णय, सीमा नाकामा थप कडाई गरिने

राष्ट्रिय वाणिज्य बैंकको खाँदबारीमा एक्सटेन्सन काउन्टर शुरु

पानीको माग गर्दै रुद्री पुजा

इसेवा एपबाट रकम पठाउँदा ५५ रुपैयाँ क्यासब्याक

देशभर कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुग्यो


Leave a Reply

Your email address will not be published. Required fields are marked *


%d bloggers like this: