रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

२०७७, १० श्रावण शनिबार १४:५२


 

 

काठमाडौं: शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा वर्षा र सहकालका  देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ ।

 

अघिल्लो वर्षहरुमा वैशाख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने परम्परा रहि आएको थियो ।

 

यस वर्ष कोभिड–१९ का कारण असार १० गते पुल्चोकमा रथ निर्माण कार्य सुरू गरि साउन १० गते मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको छ ।

 

यस वर्ष कोरोना महामारीका कारण रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल पुर्याउने परम्पराको विषयमा टुंगो नलागेको स्थानियले बताए ।

 

२० जना भन्दा बढी मानिस सहभागी नहुन ज्यापु समाजले गरेको अनुरोध अनुसार थोरै मानिसको सहभागितामा रथारोहण सम्पन्न भएको अध्यक्ष चन्द्र महर्जनले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


र यो पनि...

देशभर भगवान् श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

उपत्यकामा अतिआवश्यक बाहेकका सेवा तीन हप्ताका लागि बन्द, नीजि सवारीमा जोर-बिजोर प्रणाली लागू गर्न माग

नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

विज्ञानदेव पाण्डे नेपाली सेनाका सहायक रथीबाट उपरथीमा बढुवा

भदौ १५ गतेसम्म पुनः यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णय, सीमा नाकामा थप कडाई गरिने

राष्ट्रिय वाणिज्य बैंकको खाँदबारीमा एक्सटेन्सन काउन्टर शुरु

पानीको माग गर्दै रुद्री पुजा

इसेवा एपबाट रकम पठाउँदा ५५ रुपैयाँ क्यासब्याक

देशभर कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुग्यो


Leave a Reply

Your email address will not be published. Required fields are marked *


%d bloggers like this: