कोरोना बीमा सम्बन्धी बीमालेखमा आकर्षण बढ्दो, पौने ११ करोड प्रिमियम संकलन

२०७७, १२ जेष्ठ सोमबार १५:११


काठमाडौं: कोरोना बीमा गर्नेको संख्या करिव दुई लाख नजिक पुगेको छ । कुल १ लाख ९७ हजार ७ सय १ जनाले १५ हजार ६ सय ८३ बीमालेख मार्फत् उक्त बीमा गरेको बीमा समितिले जनाएको छ । आइतबार मात्रै १ हजार ६६ बीमालेख मार्फत् ८ हजार ७ सय ९५ जनाले त्यस्तो बीमा गर्दा ४९ लाख ८२ हजार रुपैंया बीमा शुल्क संकलन भएको समितिले जनाएको छ ।

शनिबार १ सय २६ बीमालेख मार्फत् १ हजार २ सय ३९ जनाले बीमा गर्दा ७ लाख ३९ हजार प्रिमियम संकलन भएको थियो । शुक्रबार भने एकैदिन १९ हजारले बीमा गर्दा १ करोड २ लाख रुपैंया प्रिमियम संकलन भएको थियो । २० वटा निर्जीवन बीमा कम्पनीमध्ये अहिले सबैभन्दा बढी बीमाशुल्क अजोड इन्स्योरेन्सले संकलन गरेको छ । अजोडले ६७ लाख रुपैंया संकलन गर्दा सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले १६ लाख रुपैंया बीमा शुल्क संकलन गरेको छ ।

बीमा समितिले एक महिना अघि सार्वजनिक गरेको कोरोना बीमासम्बन्धी बीमालेखमा अहिले आकर्षण बढ्दो छ । तर यो बीमालेखलाई जोखिमपूर्ण भन्दै बीमकहरुले नै यसलाई सच्याउनुपर्ने वा खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *