बीमालेख धितोमा ऋण लिनेलाई ब्याजमा १५ प्रतिशत छुट दिइने

२०७७, ८ जेष्ठ बिहीबार १२:०२


काठमाडौं: बीमालेख धितोमा ऋण लिनेलाई ब्याजमा १५ प्रतिशत छुट दिइने भएको छ । बीमा समितिले इजाजतप्राप्त सबै बीमा कम्पनीहरुलाई निर्देशन दिँदै ऋणको भुक्तानी अवधि सकिएका ऋणीले आफ्नो ऋणको साबाँब्याज लकडाउन सकिएको एक महिनाभित्र बुझाएमा ब्याजमा १५ प्रतिशत छुट दिन भनेको हो ।

त्यस्तै, समितिले ‘सूचना प्रविधि मार्गदर्शन २०७६’ को अधिनमा रही बीमालेख अनलाइन मार्फत् बिक्री गर्न चाहने बीमा कम्पनीले कार्यविधि तयार गरी बीमा समितिमा पेश गरेमा त्यसलाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, बीमा कम्पनीहरुले उपलब्ध गराउने तालिमहरु भर्चुअल रुपमा गराउन सकिने तथा अन्य कार्यमा व्यवस्थापन खर्च न्यूनीकरण गर्ने सम्बन्धमा कुनै प्रस्ताव पेश गरेमा त्यसलाई पनि स्वीकृत गर्ने व्यवस्था गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *