रियल मड्रिड र बेल्जियमको क्लब ब्रुगले खेले बराबरी
२०७६, १५ आश्विन बुधबार ०९:२५

एजेन्सी: युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा रियल मड्रिडले बराबरी खेलेको छ । मंगलबार राती भएको खेलमा रियलले १० खेलाडीमा सिमित बेल्जियमको क्लब ब्रुगसँग २-२ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्टाएर रियलले बराबरी खेलेको हो । पहिलो हाफमा २-० ले पछि परेको रियलले दोस्रो हाफमा दुई गोल फर्काएको थियो । सान्टियागो बेर्नाबेउमा खेलको नवौं मिनेटमा इमान्युएल डेनिसले गोल गर्दै ब्रुगलाई अग्रता दिलाएका थिए । खेलको ३९औं मिनेटमा डेनिसले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रुगलाई २-० को अग्रता दिलाए ।
तर, खेलको ५६औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिस गरे । खेलको ८४ औं मिनेटमा रुड भोर्मेरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा ब्रुग १० खेलाडीमा सिमित भयो । त्यसको एक मिनेट नबित्दै ८५ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई हारबाट जोगाए । बराबरीसँगै समूह ‘ए’ को रियलले पहिलो एक अंक जोडेको छ । समूह चरणको पहिलो खेलमा रियल पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ३-० ले पराजित भएको थियो ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनको कन्जर्भेटिभ पार्टीलाई बहुमत प्राप्त
पोखरा प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आईतबारदेखि सुरु
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदै
न्युनचापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली, उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात
My studies have been shaped by personal characteristics as being a woman that is western
CHARLOTTE’S internet OPTIMUM STRENGTH HEMP EXTRACT OIL
Extramarital Dating Internet Site Unsettles the Land of Discreet Affairs
Leave a Reply