आजबाट बडदशैँ सुरु, घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदै
२०७६, १२ आश्विन आईतवार ०९:०२

काठमाडौं: प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं आज घटस्थापना गर्दै सुरु भएको हो । बडादसैँको पहिलो दिन घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गर्ने गरिन्छ ।
आजकै दिनबाट विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । हिन्दू धर्मावलम्बिले बिहानैदेखि बैदिक बिधि अनुसार नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ ।
नेपाली समाजमा यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज जौ रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गर्ने गरिन्छ ।
Simple tips to compose a paper in PERRLA on line
Pay Money For Essay On The Web And Just Forget About Academic Troubles
The Issue Pertaining to web based casino
Purchase Analysis Papers at HandMade Composing
Require Assist Composing an Essay? Our Specialists are in Your Service!
Whenever you compose a narrative essay, you may be telling a tale.
Asking ‘Who Can Write My Dissertation Quickly?’ You Are in the Right Put!
Being forced to work with a lot of projects usually takes the enjoyment away from university life.
Leave a Reply