1. Home
  2. /
  3. ब्रेकिङ न्युज, मुख्य खबर, विदेश
  4. /
  5. पचास वर्षयताकै भारी वर्षासँगैको...

पचास वर्षयताकै भारी वर्षासँगैको बाढी र पहिरोमा परी चीनमा करिव दुई करोड मानिस प्रभावित

२०७६, २८ असार शनिबार ०७:३१


एजेन्सी: पचास वर्षयताकै भारी वर्षासँगैको बाढी र पहिरोमा परी पूर्वी तथा दक्षिणी चीनको जनजीवन प्रभावित भएको छ । दक्षिणी तथा पूर्वी चीनको हुनान, जियाङ्शी लगायतका प्रान्तमा आएको बाढीबाट करिब दुई करोड प्रभावित भएका छन् ।

चीनको आपतकालिन व्यवस्थापन मन्त्रालयका अनुसार बाढीका कारण १ करोड ९९ लाख प्रभावित भएका छन् । बाढीका कारण १३ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, ५ लाख ८२ हजार मानिसहरुलाई आकस्मिक सहायताको खाँचो रहेको जनाइएको छ ।

बाढीका कारण भौतिक पूर्वाधारमा क्षति पुगेको तथा ३४ हजार घरहरु भत्केको मन्त्रालयले जनाएको छ । बाढीका कारण १७ लाख हेक्टरमा लगाइएको बालीमा क्षति पुगेको छ । बाढीका कारण ७ अर्ब ७० करोड अमेरिकी डलरभन्दा धेरैको आर्थिक क्षति पुगेको मन्त्रालयलाई उद्धृत गर्दै चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।


र यो पनि...

कंगोमा युगान्डाली विद्रोही समूहद्वारा १४ जना सर्वसाधारणको हत्या

सन्दीप लामिछानेको टोली कर्नाटका टुसकेर्सको विजयी सुरुवात

अनुशासनहीन कार्य गरेको भन्दै राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर सहित चार खेलाडी बर्खास्त

नेपालले हङकङलाई जितका लागि दियो २१८ रनको लक्ष्य

मैत्रीपूर्ण खेलमा भारतीय क्रिकेट टोलीका पुर्व कप्तान सचिनको टोली विजयी

श्रीलंकामा राष्ट्रपति चुनावका लागि मतदान जारी

फ्रान्समा अत्याधिक हिमपात, एक जनाको मृत्यु, झण्डै तीन लाख घरमा विद्युत सेवा अवरुद्ध

अर्जेन्टिनालाई सुपरक्लासिकोको उपाधि

पहिलो पटक फिनल्याण्ड युरोकपमा छनोट


Leave a Reply

Your email address will not be published. Required fields are marked *