1. Home
  2. /
  3. आर्थिक, बैंक/विमा
  4. /
  5. सानिमा जेनरल इन्स्योरेन्स र...

सानिमा जेनरल इन्स्योरेन्स र ज्योति विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

२०७६, १३ जेष्ठ सोमबार १५:१७


काठमाडौं: ज्योति विकास बैंक लिमिटेड र सानिमा जेनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त कम्पनीको निर्जीवन बिमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बिमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीका नायव महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको निर्जीवन बिमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *