स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोनाले सहज जित
२०७६, ३० बैशाख सोमबार ०७:०६

एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोनाले सहज जित निकालेको छ । आईतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन अर्टुरो भिदालले एक गोल गरे । बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको ३९ औं मिनेटमा भिदालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८९ औं मिनेटमा गेटाफेका डिज्ने डकोनामले आत्मघाती गोल गर्दा बार्सिलोनाले २-० को जित निकाल्यो । जितसंगै यसअघि नै च्याम्पियन बनिसकेको बार्सिलोनाले ३७ खेलबाट ८६ अंक जोडेको छ । र, बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि ११ अंकको अग्रता कायम गरेको छ । एट्लेटिकोको ७५ अंक छ । एट्लेटिकोले गएराति सेभियासंग १-१ गोलको बराबरी खेलेको थियो ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनको कन्जर्भेटिभ पार्टीलाई बहुमत प्राप्त
पोखरा प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आईतबारदेखि सुरु
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदै
न्युनचापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली, उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात
My studies have been shaped by personal characteristics as being a woman that is western
CHARLOTTE’S internet OPTIMUM STRENGTH HEMP EXTRACT OIL
Extramarital Dating Internet Site Unsettles the Land of Discreet Affairs
Leave a Reply