1. Home
  2. /
  3. भेटवर्ता
  4. /
  5. ३६औं वशन्तको उपहार हो...

३६औं वशन्तको उपहार हो “सानीको साइनो”

२०७५, १ चैत्र शुक्रबार १२:३७


बुबा चोकबहादुर र आमा भक्तमायाको कोखबाट जन्मिएका रामेछाप उमाकुण्ड गाउँपालिका–३ निवासी शिव सुनुवार लेखकका रूपमा आफुलाई चिनाउनुभएको छ । नेपाली सेनामा रही देश र जनताको सेवामा समर्पित भई भर्खरै निवृत्त हुनुभएका शिवले हालै ‘सानीको साइनो’ नामक पुस्तक बजारमा ल्याउनुभएको छ । पुस्तक र आगामी दिनमा के–कस्ता योजनाहरु छन् त akhabarnepal.com का लागि सम्पादक सुबास मुखियासँग गरिएको कुराकानीको संक्षिप्त अंशः

– नेपाली सेनाबाट निवृत्त शिव सुनुवार अव लेखक पनि हो सानीको साइनो पुस्तकको बारे केही भनिदिनुस न ।

अब यो सानीको साइनो पुस्तक चाहि भर्खरै ३६औं वशन्त पार गरेको अवसरमा मैले एउटा पहिलो कृतिलाई चाहि मैले जोडेको हो । मेरो जागिर अवधि पुरा गरेर भर्खरै निवृत्ति भएर निस्किदाको अवधिमा मैले यो छोटो समयमा चाहि एउटा सानीको साइनो नामक कृतिलाई मैले प्रकाशन गरी विमोचन गरें यसमा चाहि धेरै समस्याहरु धेरै दुःख कष्टहरु व्यहोर्नु पर्यो किनकि म जागिरमै थिएँ मैले चाहि त्यो बेला सबै कामहरु पुरा गर्नुपर्ने त्यो कामहरु नभ्याउँदाखेरी निकै कष्टकरपुरपूर्ण रुपमा मैले यो कृति निकालेको हुँ । यो किताव निकाल्दाखेरी धेरै जनाले साथ सहयोग गर्नुभयो । त्यहि सहयोगले गर्दा नै मैले छोटो समयमा यो कृति आम पाठकबीच ल्याउन सफल भएको छु ।

– तपाईको कृतिमा समावेश भएको सानीको साइनोको खास अर्थ चाहि के हो ?

सानीको साइनोको अर्थ चाहिँ भन्नुपर्दा पुस्तकभित्र लेखिएको एउटा सानीलाई पात्र बनाइएको छ । एउटा कल्पना गरेर कुनैपनि महिलाको विषयमा चाहि केन्द्रीत रहेर महिलालाई परेको दुःख कष्टको विषयलाई एउटा कल्पना गरेर एउटा गाउँघरमा जन्मिएको युवती उसको नाम चाहि माया गरेर राखिएको नाम चाहि सानी हुन्छ तर त्यो सानीको पात्र चाहि सानी छ तर साइनोको अर्थ चाहि सानी चाहि उ एक्लो छ उसको परिवारबाट चाहि सबैबाट पिडित भएको हुनाले उसको कुनैसँग चाहि नाता साइनोहरु नगाँसिकन उसको अन्त्य भएको हुनाले सानीको साइनो भन्ने अर्थ मैले चाहि लेखभित्र मैले चाहि छुवाउन खोजेको छु । यो पहिलो प्रयास भएको हुनाले अलि नमिलेको पनि होला अब यसलाई अलि परिमार्जन गरि अर्को कृतिमा निकाल्ने छु ।

– सानीको साइनो पुस्तकबाट एउटा लेखकको रुपमा हौसला बढेको छ अब अर्को कृति पनि ल्याउने तयारीमा हुनुहुन्छ ?

हजुर यो अब पहिलो अनुभवले चाहि धेरै कुराहरु पाठहरु सिकाएको छ । यो पाठहरु सिकेर यो सानीको साइनोलाई लिएर अरु धेरै कामहरु अगाडि बढाउने यस्ता कृतिहरु अगाडि बढाउने र यो कृतिले गर्दा चाहि कामहरु यसरी गर्नु पर्दोरहेछ भन्ने कुराहरु सिकाएको छ मलाई सानीको साइनोले अवश्य पनि मेरो कृति हजुरहरु माझ ल्याउने कोशिस गर्नेछु ।

– नेपाली सेनाबाट निवृत्त भईसकेपछिको शिव सुनुवार र देश र जनतामा समर्पित भई नेपाली सेनामा कार्यरत हुँदाको शिव सुनुवारमा के फरक छ ?

अब चाहि मैले भन्नुपर्दा पहिलाको जागिरे जिवन र अहिले अवकास प्राप्त भर्ईसकेपछिको अनुभव चाहि धेरै कुराहरु छन् । २०५९ पुष १९ बाट चाहि मैले जागिर अथवा नेपाली सेनामा भर्ती भएँ त्यसपश्चात २०७५ पुस १९ गते मेरो १६ वर्षे अवधि पुरा गरेर नेपाली सेनाबाट निवृत्त भएँ । मैले विगतमा सम्झनुपर्दा र भन्नुपर्दा चाहि म नेपाली सेनामा भर्ती भएको बेला धेरै कुराहरु छन् दुःखद कुराहरु दुःखद क्षणहरु पनि छन् त्यतिबेलाका १० वर्षे जनयुद्धको कुराहरु पनि छन् त्यो विषयतिर हामी नजाऔं तपाईले खोज्नु भएको विषय मैले हालै प्रकाशित भएको मेरो कृति सानीको साइनोतिर नै जाउँ न ।

– प्रकाशित कृति बारे अग्रजहरुबाट केही सल्लाह सुझाव पाउनुभएको छ ?

कितावको बारेमा त सुरुमा निकाल्नुभन्दा अगाडि त कसैलाई मैले यो कितावको बारेमा भनिन प्रकाशित भईसकेपछि हाम्रो रचनाकारहरुले हाम्रो लेखक ज्यूहरुले चाहि अलिकति शब्दहरु दोहोरिएका छन् अब पहिलो कृति भएको हुनाले त पहिलो अनुभव नभएर हो तर समग्रमा राम्रो छ कथा र लेखाईको भाव पनि राम्रो छ भन्ने किसिमको उहाँहरुले चाहि भन्नुभएको छ । तर उहाँहरुले त्यति भन्दा पनि म धेरै खुशी भएँ किनकि पहिलो चोटी पहिलो किताव लेख्ने कुरामा यसरी जाँदा अब कुनै कुरा कठिनाई कुराहरु हुने रहेछन त्योभित्र उहाँहरुले यति गुर्नभयो यति छोटो समयमा किताव निकाल्नु भयो । छोटो समयमा यति राम्रो चाहि प्राय कमले पुस्तक निकाल्न सक्छ तर तपाईले रातदिनको खटाईले गर्दा निकाल्न सफल हुनुभयो धेरै राम्रो छ भन्ने किसिमको अग्रज ज्यूहरुबाट कवि र रचनाकारज्यूहरुबाट अथवा सम्पादकीयज्यूहरुबाट चाहि त्यो कुरा आएको छ ।

– अब फरक प्रसंगतिर जाउँ तपाई नेपाली सेनाबाट निवृत्त भई भूपू सैनिक हुनुभयो अहिले आएर लेखक पनि हुनुभयो अबको दिनमा राजनीतितिर के छ ? केही सोच्नुभएको छ ?

 

 

अब यो राजनीतिक भनेको तपाई हामी सबैलाई चाहिने कुरा हो जस्तो लाग्छ मलाई राज्यको नितिलाई चाहि हामीले लिने हो । तर, कुनैपनि पार्टीहरु । कुनैपनि पार्टीको झण्डा बोकेर हिड्ने, कुनै चाहि चिन्ह लिएर हिँड्ने यो राजनीतिक किसिमको कुराहरु चाहि हामी सबैलाई छ तर म चाहिँ हिडेको छुईन अब भविष्यको दिनमा राजनीतिक त अपरिहार्य नै छ सबै राजनीतिकहरुमा । तर झोला बोकेर हिड्नु कामै छोडेर पार्टीतिर लागेर हिड्नु यो चाहि पटक्कै हैन तर वास्ताविक आफ्नो पेसा व्यवसाय अँगाल्दै अगाडि बढ्दाखेरि राजनीतिक त अवश्य जो कोहीले गर्दछन् नै तर झोलै बोकेर हिँड्ने चाहि अझै पनि सोच छैन । अब परि आएको खण्डमा हामी नेपाली हो व्यक्तिगत रुपमा कुनैपनि पार्टीमा जान सकिन्छ जुनसुकै ठाउँमा जान सकिन्छ । आप्mनो हक अधिकार प्रयोग गर्न सकिन्छ त्यो भएको हुनाले पार्टीमा लाग्न पनि सकिन्छ नलाग्न पनि सकिन्छ । स्वतन्त्र भएर लेख रचनाबाट अगाडि बढ्न नि सकिन्छ तत्काल भविष्यको कुरालाई चाहि अहिले भनि ठ्याक्कै भनिहाल्न नमिल्ने र भन्न सकिदैन भनौ न ।

– भनेपछि राजनीतितिर अहिले नै सोच छैन ?

राजनीतिप्रति आस्था त सबै छ । आस्था त सबै हुनुपर्छ । सबैमा छ । तैपनि अब समय र परिस्थिति अनुसारले कुन दिशातिर ठिक हुन्छ, कुन दिशातिर ठिक हुँदैन त्यो बेला मात्रै चुज गर्ने भएको हुनाले तत्काल अब राजनीतिकमा लागेर पनि रानजीतिकमा हिडेर पनि कुनै फाईदा भन्दा पनि काम ठिक छ कि छैन गर्न सकिन्छ कि सकिदैन भन्ने हो राजनीतिमा लाग्दै नलाग्ने हिड्दै नहिड्ने भन्ने कुरा चाहि विल्कुलै हैन हिडिन्छ गरिन्छ समाजको सेवा जुन तरिकाबाट पनि गर्न सकिन्छ आफ्नो समाजलाई आफ्नो पहिचानलाई जसरी पनि हामीले बढाउन सकिन्छ राजनीतिमा मात्रै लागेर गर्न सकिन्छ भन्ने चाहि मेरो मुल्य र मान्यता छैन ।

– अब कला संस्कृतिको कुरा पनि जोडौ तपाईले हालै मातृभाषाको म्यूजिक भिडियोमा पनि देखिनुभयो कस्तो रह्यो त अनुभव ?

अँ यो चाहि छोटो समयमा एउटा जातीय म्यूजिक भिडियो आफ्नै मातृभाषा सुनुवार भाषाबाट चाहि म्यूजिक भिडियो पनि निकालेका छौ । यसको रचनाकार संगीतकार चाहि हाम्रो टंकराज सुनुवार हुनुहुन्छ र यसको एरेञ्जर पुष्कर सुुनुवार हुनुहुन्छ र गायिका चाहि पूजा सुनुवार हुनुहुन्छ र यसको अभिनय गर्ने क्रममा चाहि छोटो अभिनय गर्ने क्रममा मेरो पनि अलिकति भूमिका छ र हाम्रो निशा सुनुवारको पनि भूमिका रहेको छ यसमा तर छोटो समयमा हामीले आफ्नो परिचय आफ्नै पहिचान हराउनु हुँदैन आफ्नै परिचय खोज्ने क्रममा चाहि यो पनि गर्नुपर्ने रहेछ है भन्ने कुरा चाहि म्यूजिक भिडियोतिर हामी लागेको हो । वास्ताविकता पहिचानको लागि आफ्नो जातीय पहिचान आफु को हो ? हामीले भोलि आफ्नो सन्ततिलाई के भनेर चिनाउने ? भन्ने हिसावले गर्दा चाहि यो आफ्नो भाषाको म्यूजिक भिडियो निकालेका छौं तर हामीले अब फेरि पनि यो काम गर्दै गईयो भने सबै नेपाली भाषाको म्यूजिक भिडियो पनि बनाउने सोच छ र यो छोटो समयमा पहिलो अनुभव यता पनि मैले हात हालेको त हैन तर आप्mनो पहिचान जोगाउनको लागि त्यो मर्न नदिउँ भन्नको निम्ति त्यो संस्कारहरु हाम्रो भाषाहरु चाहिन्छ भन्ने हिसावले मैले एउटा सोचेर छोटो समयमा यो काम गरेको हुँ र हल्का अनुभव बटुल्न मौका मिल्यो ।

– यतिको निकटम भईसकेपछि भविष्यमा गीतसंगीतप्रति केही योजना छ ?

अब भविष्यमा गीत संगीतमा लाग्ने त्यस्तो योजना नै त बुनेको छैन धेरै उमेर जिवन्तकाल त अब नोकरीमा बिताइयो त्यो भएको हुनाले अब उमेरले पनि डाँडा काटेको अवस्था छ तर पनि लेख रचनाहरु मार्फत गीत संगीतमा जान सकिन्छ फिल्महरुले खेलेर भिडियोहरु खेलेर नाचेरै मात्र पनि हुँदैन लेख रचनाहरु गरेर त्यस क्षेत्रमा जान सकिन्छ तर त्यो भविष्यमा चाहि सकिन्छ या सकिदैन भन्दा पनि लेख्दै जाने क्रममा कुनै गीतहरु लेखिएला अथवा कविताहरु लेख्दै जाँदा त्यो ठाउँमा पुग्न सकिन्छ या सकिदैन म ठ्याक्कै भन्न चाहि सक्दिन तर जाँदै गर्दा हामी ती बाटोहरुमा पनि हामी अवश्य पुग्छौ र तत्काल चाहि अव म्यूजिक भिडियोमा हात हालेको हुनाले चासो चाहि सबैतिर छ । तपाईको राजनीति क्षेत्र हेरौ समाज सेवाहरुको क्षेत्र गीतसांगीतिका क्षेत्र खेल क्षेत्र सबैतिर चासो चाहि रहन्छ नै तर अब्बल चाहि मलाई जहाँसम्म लाग्छ अब के गर्दा सही निर्णय हुन्छ त्योतिर चाहि लाग्ने मेरो विचार छ तर त्यो विचार भन्दा पनि समय र परिस्थिति अनुकुल लाग्छु होला अब तपाईको लेखनतिर पनि ध्यान छ म्यूजिक भिडियोतिर पनि ध्यान छ अब समाजसेवा गर्ने धेरै कारण छ राजनीति गर्ने पनि ध्यान तरपनि सबैकुरा सकिदैन तर मलाई जुन कुराले सुट गर्छ जुन कुरा मैले सक्छु त्यो चाहि गर्छु । तर लेखन सम्बन्धी चाहि अब पहिलो कृति अनुभवले अलिकति मलाई अगाडि बढ्नुपर्छ अगाडि जानुपर्छ भन्ने बाटोहरुको पाटो देखाएको छ र कति किताव पढिसकेर पनि कतिले कमेन्ट गर्नुभएको छ तपाईले फेरि निकाल्नु पर्छ निरन्तरता दिनुपर्छ भन्ने किसिमको कति साथीहरुले कति समाजले चाहि ल गर्नुपर्छ भन्ने एक हिसावले भाव देखाउनु भएको हुनाले यसलाई चाहि निरन्तरता गर्छु नै र म्यूजिक भिडियोलाई पनि कति जनाले गरौ भन्ने किसिमको सल्लाह छ त्यसलाई पनि अगाडि बढाउने लक्ष्य छ ।

– यो सानीको साइनोलाई लिएर पछि कुनै छोटो चलचित्र अथवा कुनै पात्रलाई लिएर चलचित्रमा उतार्ने केही सोच्नुभएको छ ?

अब यो सानीको साइनो कथाले चाहि भित्रि रुपसम्म जान सकेको छैन । अझैपनि यो सानीको कथा अब हामीले अन्त्य गरेका छौ । तर यो बाट नै तपाईले भने जस्तै अब भिडियोहरु हैन टेलिसिरियलहरु गर्दै गईयो भने त्यसमा पनि अपरचुनेटी छ नै । गर्न सकिन्छ नै । तर तत्काल चाहि त्यतातिर नगईकन लेखहरु लेखेर अझैपनि कथाहरु सिर्जना गरेर दुई चार वटाबाट छाँटकाँट गरेर सकिन्छ होला भन्ने मेरो सोच छ त्यो चाहि ।

– हस समय दिनुभयो अन्त्यमा केही भन्नु छ ?

अन्त्यमा त अब तपाईले पनि मलाई यसरी समय दिनुभयो तपाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु र मलाई यो किताव निकाल्नलाई म्यूजिक भिडियो निकाल्नलाई जति पनि मलाई सपोर्ट गर्नुभएको छ मेरो चाहि कितावको प्रकाशकीय पारु सुनुवारज्यूलई विशेष सम्झना चाहन्छु र मेरो निकटतम रहेर लेख्न र हरेक शब्दलाई चयन गर्नुहुने रायल सुनुवार ज्यूलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु । यो कितावबको लागि सहयोग गरिदिने न्यू भिजन प्वाइन्टका सञ्चालक सुबास सुनुवार दाईलाई पनि विशेष धन्यवाद दिन चाहान्छु र कितावलाई शब्दमा खेलाईदिनुहुने पत्रकार एवं लेखक सचित राई ज्यूलाई आभार प्रकट गर्दछु । समग्रमा यो किताव प्रकाशनको निम्ति जतिपनि सहयोग दिनुभएको छ जतिपनि मलाई साथ दिनुभएको छ उहाँहरुलाई धेरैभन्दा धेरै सम्झदै उहाँहरुको म सँधै चाहि आप्mनोत्वका साथ म उहाँहरुलाई विशेष विशेष विशेष धन्यवाद दिँदै तपाइबाट पनि म विदा हुन चाहान्छु हस त नमस्कार धन्यवाद ।


र यो पनि...

नेपाललाई अघिल्लो चरण पुग्न माल्दिभ्सलाई हराउनैपर्ने दवाव

नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक काठमाडौँमा सुरु हुँदै

आवश्यक गृहकार्य नपुगेको भन्दै मंगलबार स्थगित भएको नेकपाको सचिवालय बैठक आज पुन: बस्दै

इन्डोनेसियाको पश्चिमी प्रान्तमा भ्रम फैलाउन खोजेको भन्दै सरकारद्वारा इन्टरनेट सुविधामा कटौती

टेकबहादुर-विष्णुमाया सुनुवार स्मृति पुरस्कार महेश मुखियालाई प्रदान [फोटो फिचर]

जन आकाश मिडियाको १२औं वार्षिकोत्सव सम्पन्न

ईंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिए

आर्सनलको कठिन जित

लिभरपुलको लगातार दोस्रो जित


Leave a Reply

Your email address will not be published. Required fields are marked *