1. Home
  2. /
  3. कर्पोरेट, मुख्य खबर
  4. /
  5. महिन्द्राका गाडीको कुम्भ मेला...

महिन्द्राका गाडीको कुम्भ मेला ‘महिन्द्रा उदय २०१९’ शुक्रबारदेखि

२०७५, १४ फाल्गुन मंगलवार १४:०४


काठमाडौं: महिन्द्रा कम्पनीले नेपालको आधिकारीक विक्रेता अग्नि इन्कर्पोरेटेड, एमभी दुगर ग्रुप र स्वराज पार्टनरको संयुक्त आयोजनामा शुक्रबारदेखि ३३ भन्दा बढी उत्पादन प्रदर्शन गर्ने भएको छ ।

मुलुकभर महिन्द्राको सेवाग्राहीसँगै सर्वसाधरणलाई महिन्द्राको उत्पादन बारे विस्तृत जानकारी र जीवनशैलीमा आधारित मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने योजना रहेकाले सर्वसाधारणले नौलो अनुभव गर्न सक्ने आयोजकले बताए ।

इन्टरनेट मार्फत www.mahindraudaya.com बाट इन्ट्रि गर्ने सर्वसाधरणले मेलामा निशुल्क भाग लिन सक्ने कम्पनीले जनाएको छ । शुक्रबारदेखि आइतबारसम्म आयोजना हुन लागेको मेलाको सेवा शूल्क भने प्रति व्यक्ति एक सय रुपैयाँ राखिएको छ ।

मेलामा कम्पनीले सर्वसाधरणको मागलाई केन्द्रित गर्दै भारतमा गत साता सार्वजनिक भएको महिन्द्राको एक्सयुभी थ्री डबल ओ र केहि महीना अगाडि भारतमा सार्वजनिक भएको मराज्जो प्रदर्शनमा राख्न लागिएको आयोजक कम्पनीले जानकारी दिएको छ ।

कम्याक एसयुभी ‘स्पोर्ट युटिलीटी भेहिकल’ थ्री डबल ओमा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै एयरब्याग, एन्टिलकिङ ब्रेकिङ सिस्टम, चारै चक्कामा डिस्क ब्रेक, इन्जिन मोविलाइजर, ट्र्याक्सन कन्ट्रोल, सेन्ट्रल लकिङ सिस्टम, पावर डोर लक, साइड एयरब्याग, ब्रेक असिस्ट, हिल असिस्ट लगायतका सुविधा जडान गरिएको कम्पनीले जानकारी दिएको छ ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *