हेर्नुहोस् तपाईको आज २०७७ फागुन २ गते आईतबारको तपाईको राशिफल

अखबार नेपाल संवाददाता
२०७७, २ फाल्गुन आईतवार ०८:३८

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन शुभ रहनेछ, उत्तम कुराहरुको प्राप्ति, धनको वृद्धि वा धन लाभ, मानसम्मान, उत्तमभोजन, बन्धुसुख, स्त्रिसुख, कुटुम्बहरुसँग भेटघाट हुने अथवा उनीहरुले सहयोग गर्ने, साथै मित्र तथा भाइबहिनीहरुको साथ र सहयोग पाइने । भोगविलासमा समय बित्ने, रमाइलो बसिवियाँलो हुने वा मिठो खानपानमा सरीक भइने सम्भावना छ, स्थाई वस्तुहरुको प्राप्ति हुन सक्ने योग छ साथै गरेका कार्यहरुले सफलता र यश दिलाउँनेछ, आय वृद्धिको बाटो फेला पर्नसक्छ, नयाँ पद वा फरक जिम्मेवारी प्राप्तिको योग छ, प्रेमीजोडीहरुको लागि रमाइलो दिन छ, अविवाहितहरु हुनुहुन्छ भने विवाह सम्बन्धि कुरा चल्ने वा कुरा अगाडि बढाउने राम्रो समय आएको छ, व्यापारीवर्गलाई दिन अनुकुल छ, लगानीलाई दिन ठिक छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन राम्रो छ, प्रगतिका अवसरहरु आउने छन्, चिताएका कामहरुमा सफलता पाइनेछ, आफ्नो दबदबा बढने वा नयाँ अधिकार प्राप्त हुने, आँटेका गरेका कामहरु बन्ने, धनलाभ हुने, कर्म क्षेत्रमा सम्मान वा प्रंशसा पाइने वा अरुले तँपाइको कदर गर्ने, मन उदार र प्रसन्न रहने, सबैसँग मैत्रिभाव भइ ठूला कार्यहरु सम्पन्न हुनेछन, पारिवारिक खुशी पाइने, पत्नि र सन्तानहरुबाट खुशी प्राप्त हुन सक्ने वा उनीहरुले माया गर्न सक्नेछन् । स्वास्थ्य राम्रो रहने, राज्य संयत्र वा उच्च अधिकारीहरुबाट सहयोग पाइने । नयाँ नयाँ विचार प्रस्फुटन हुने र आत्मविश्वास बढनेछ, कसैकसैलाई बौद्धिक कुराहरुमा वा आध्यात्मिक विषय तर्फ मन जानेछ । धार्मिक क्षेत्र, तथा सत्मार्गतिर मन जान सक्ने । रमाइलो र मिठो खानपान हुनसक्ने । आज आफनो क्षमता र अधिकारको पूर्ण सदुपयोग गर्नुभएको खन्डमा कुनै विशेष कार्य वा उद्देश्य पूरा हुने योग छ, गर्भवतिहरुले भने विशेष सावधानी अपनाउनुहोला ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन आशा गरे अनुसार नहुन सक्छ, कुनै कुराले मन बेचैन गराउनेछ, मानसिक तनाव बढने, वादविवाद वा मनमुटाव बढने, धनको अनावश्यक क्षय, अरुबाट पिडा प्राप्त हुने, कष्ट पाइने, परिस्थितीको बन्धनमा बाँधिएको महसुस हुनेछ, उच्चा धिकारीहरुबाट समस्या आउने वा मान भंग हुने खालको अवस्था नआउला भन्न सकिँदैन, कसैकसैलाई पद तथा जिम्मेवारीबाट मुक्तसम्म हुनेसम्मको अवस्था आउन सक्छ, सचेत रहनुहोला, मेहनत गरे अनुसार फल प्राप्त हुँदैन । मुद्दामामिला, कानूनी झमेला, सरकारी दन्डजरिवाना जस्ता प्रतिकुलताहरु आउन सक्छन् । स्वास्थ्य सम्बन्धि शारिरिक समस्याहरु आउनसक्छ । पेट सम्बन्धि कुनै पुरानो रोग छ भने विशेष सावधान हुनुहोला ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सावधान हुनुपर्ने दिन छ, भय तथा चिन्ता पर्ने, व्यर्थको श्रम, मानसिक तनाव, क्षुद्र रोग बल्झने, आफन्तजनमा कलह तथा मनमुटावको अवस्था आउने, धन हानी वा धनको दुरुपयोग, शारिरिक पीडा, अस्थिरता र अधैर्यता, राजभय, अपमान, मित्रघात, कार्यमा बिध्न बाधा, कष्टदायी भ्रमण दुर्घटना तथा चोटपटकको सम्भावना छ, कुनै उपद्रवकारी घटनामा मुछिने वा अरुको षडयन्त्रको शिकार हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न, सचेत रहनुहोला ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन सुखद रहनेछ, लाभकारक तथा सुखदायी बसाइ हुने । आर्थिक लाभ, धनको आगमन, द्रव्य वा वस्त्र लाभको सम्भावना छ, मान सम्मान, प्रशंसा, कदर आदि प्राप्त हुने । पूजा, अनुष्ठान वा अध्यात्ममा रुचि बढने, उत्तम निद्रा तथा विशेष परिकारजन्य भोजन हुने, धनको वृद्धि, स्त्रि वर्गसँग प्रेम, दाम्पत्य सम्बन्ध सुमधुर बन्ने तथा वैवाहिक सुखको प्राप्तिको योग छ, भाइ अथवा कम उमेरको मानिसबाट लाभ हुने वा उनीहरुले सहयोग गर्नेछन्, स्वास्थ्य उत्तम रहने वा रोग व्याधिको असरमा सुधार आउने, कसैकसैलाई सवारी सुख वा वाहन प्राप्तिको पनि योग बनेको छ, अथवा भोगविलासिता साधन जुटने वा भौतिक संशाधन सम्बन्धित कुराहरुको खरिद हुनसक्ने सम्भावना छ । व्यापार व्यवसायमा साझेदारीको लागि राम्रो दिन छ, लगानीलाई दिन ठिक छ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन प्रसन्न दिने खालको छ, धन तथा सुखको प्राप्ति, शत्रु बाधाबाट मुक्ति मिल्ने, रोगमाथि विजय पाइने, प्रेमी वा मन परेको मान्छेको आगमन हुने वा भेट हुने सम्भावना छ, मान सम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने । कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, शारिरिक निरोगिताको साथै बिरामी हुनुहुन्छ भने स्वास्थ्य अवस्था सुधारोन्मुख रहनेछ, सुख सन्तोषको प्राप्ति, रिस गर्नेहरुमाथि विजय प्राप्त हुने, महिलावर्गहरुसँग सहकार्य, भेटघाट, वार्तालाप हुने वा उनीहरुबाट लाभ प्राप्त हुने दिन छ, कसैकसैलाइ आज आफनै घरमा बस्नुपर्नेस्थिती पनि आउन सक्नेछ । प्रेमसम्बन्धमा मधुरता आउने । विद्यार्थीहरुलाइ समय राम्रो छ, खर्चमा भने नियन्त्रण राख्नुहोला ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन अनुकुल नहुनसक्छ, बिध्न बाधाहरुले गर्दा हैरान हुनुपर्ने, निरिह वा विवश हुनुपर्ने अवस्था आउनसक्छ, मन अशान्त रहने, सोचे गरेका कार्यहरुमा बिध्न बाधाहरु तेर्सिने, बेकारमा दुख पाइने, धन वा कुनै प्यारो वस्तु गुमाउनुपर्ने अथवा अपयशको भागि हुनुपर्नेसम्मको योग देखिएको छ । कुनै विशेष वस्तु वा चाहनाको हकमा धनको अभाव महसुस हुनेछ, स्वास्थ्यको विषयमा आज हेलचेक्रयाइ नगर्नुहोला, वायुको प्रकोप लगायत अन्य कारणले स्वास्थ्य स्थिती खस्कन सक्छ, सावधान रहनुपर्नेछ । कसैकसैलाई शोक पर्ने, मुडको ठेगान नहुने, झर्किने वा झोक्किनेसम्मको अवस्था नआउला भन्न सकिँदैन, तामसिक भोजन, मासांहार भोजन आज नलिनुहोला । अनावश्यक सम्पर्क र बोलचाल र कुनैपनि कुराको आसक्तिबाट आज बच्नुपर्नेछ ।
वृश्चिक–SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन प्रतिकुल छ, धनहानी, पारिवारिक तथा मानसिक सुखमा कमी, बन्धुबान्धवलाइ पीडा हुने, मन त्रसित रहने, खानपान तथा निद्रामा असुविधा हुनसक्छ, आत्मविश्वासमा कमी आउने अवस्थाबाट गुज्रिनुपर्ने हुनसक्छ, आज चित्त चन्चल रहने, निरर्थक चिन्ता र बेचैनिले ग्रस्त भइने, आफन्त तथा नजीककाहरुसँग मनमुटाव वाविवाद हुने, शारिरिक पिडा, कार्यहरुमा हानीको योग छ, शारिरिक अस्वस्थता वा कमजोरीले समस्या बल्झिनसक्छ, श्वास प्रश्वास, छाती वा छातीजन्य समस्या आउन सक्ने भएकोले सावधानी अपनाउनुहोला ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन राम्रो रहनेछ, भाग्यले साथ दिने छ । पराक्रम बढने, कार्यहरु सफल हुने, आर्थिक पक्षमा सुधार देखापर्ने, धन, द्रव्य, वस्त्र लाभ वा खरिदहुने, साथीभाइ तथा अन्य सहकर्मीहरुबाट लाभ अथवा मान प्रशंसा पाइने, नोकरीमा पदोन्नति वा स्थाननन्तरण वा कामको सिलसिलामा भ्रमण हुने योग छ । स्वास्थयस्थिती राम्रो रहने र दीर्घरोगिहरुलाई निरोगिता प्राप्त हुने, रिस गर्नेहरु निस्तेज हुनेछन्, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, मित्र तथा स्त्रिवर्गबाट सहयोग तथा सुख पाइने, अथवा चिताएको महिलाको सम्पर्कमा आइने, कसैकसैलाई यात्रा वा भ्रमणको स्थिति बन्ने योग छ, दाम्पत्य सुख तथा प्रेमसम्बन्धको लागि समय राम्रो छ । विवाह सम्बन्धि सुखद कुराहरु हुन सक्छन् । समग्रमा मन खुशी हुने खालको दिन रहनेछ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन अनुकुल नहुन सक्छ, मानसिक असन्तोष दिने, आँखा मुख सम्बन्धि समस्या आउने, धन हानी, प्रत्येक कार्यमा खर्च बढी हुन थाल्ने, गृहकलह, मानसिक तनाव, मानसम्मानमा कमी, शत्रुवृद्धि, दन्डजरिवाना हुनसक्ने, कार्यहरुमा बाधा विलम्ब आउने वा गरेको काम सफल नहुने, रोगव्याधिले सताउने, नेत्र सम्बन्धि रोग तथा खानपानमा समस्या देखापर्ने, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिति बन्नेछ । कसैकसैलाई घर बाहिर बस्नुपर्ने अवस्था आउनसक्छ, मनमा कलुषित भावना पलाउन सक्छ । विद्यार्थीहरुलाई पढाइमा मन नलाग्न सक्छ ।
कुम्भ–AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिन लाभदायी छ, सकारात्मक विचार र मनोबल उच्च हुनेछ, चिताएको पुग्ने, मन प्रसन्न हुने, धनलाभ हुने, गरेका कार्यहरुमा विजय प्राप्ति, स्थान लाभ, रोग नाश, मित्र सहयोग, कार्य सफलता, धातु, अन्न तथा वस्त्र लाभ हुने तथा शत्रुहरु पराजित हुनेछन्, भौतिक सुख, उत्तम भोजन तथा शैया सुख, आदर सत्कार, मान सम्मान यश प्राप्ति, कुटुम्ब, मित्र तथा सहकर्मीहरुसँग सुमधुर र फलदायी वार्तालाप हुनेखालको दिन छ, कसैकसैलाई भने उपहार आदि प्राप्ति हुने तथा स्त्रि सहवासको पनि योग देखिएको छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज मेहनत बढी तर उपलब्धि कम हुने खालको दिन छ, मानसिक खिन्नता हुने, गरेका कार्यहरुमा बाधा आउने, धनको अभाव महसुस हुने वा अत्यधिक खर्च हुने, आलस्य वा थकानले पनि सताउन सक्छ, मानसिक अशान्ति, शारिरिक कष्ट, पराक्रममा कमी आउने । आलस्य बढने । खर्चमा वृद्धि । कार्यहानी, धनहानी, पारिवारिक कलह वा नजिकका मानिसहरुबाट अपमान बेहोर्नुपर्ने, कसैकसैलाई शोक पर्नसक्ने वा विछोडिनुपर्ने पनि हुनसक्छ । हानी नोक्सानी, दुर्घटना हुन सक्ने भएकोले यात्रा गर्दा विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट बच्नुपर्ने दिनछ । विद्यार्थीहरुको लागि समय कठिन छ ।
Copyright ©2011- New Vision Point Pvt. Ltd. | All Right Reserved
Power By: JATA Media Pvt. Ltd.
Leave a Reply