हेर्नुहोस् आज २९ माघ २०७७ बिहीबारको तपाईको राशिफल

अखबार नेपाल संवाददाता
२०७७, २९ माघ बिहीबार ०८:०२

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खुशी प्राप्त हुने दिन छ, प्रगतिका अवसरहरु आउने छन्, चिताएका कामहरुमा सफलता पाइनेछ, कर्म क्षेत्रमा सम्मान वा प्रंशसा पाइने, स्वास्थ्य राम्रो रहने, आफनो क्षमता र अधिकारको सदुपयोग गरेर कुनै कार्य वा उद्देश्य पूरा हुने योग छ, राज्य संयत्र वा उच्च अधिकारीहरुबाट सहयोग पाइने । नयाँ नयाँ विचार प्रस्फुटन हुने र आत्मविश्वास बढनेछ, कसैकसैलाई मन्त्र, तन्त्र वा गुप्त शास्त्र जस्ता आध्यात्मिक विषयको अध्ययन गर्न मन लाग्ने छ । बौद्धिक क्षमतामा बृद्धि, धार्मिक क्षेत्र, तथा सत्मार्गतिर मन जान सक्ने । रमाइलो र मिठो खानपान हुन सक्ने । गर्भवति महिला हुनुहुन्छ भने आफनो गर्भ सम्बन्धि विशेष सावधानी अपनाउनुहोला । पत्नि र सन्तानहरुबाट खुशी प्राप्त हुन सक्ने वा उनीहरुले माया गर्न सक्नेछन् ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन प्रतिकुल हुनेछ । परिस्थितीको बन्धनमा जकडिने स्थिती आउन सक्छ, मानसिक तनाव बढने, वादविवाद बढने, पद तथा जिम्मेवारीबाट मुक्तसम्म हुने अवस्था आउनसक्छ, सचेत रहनुहोला, मेहनत गरे अनुसार फल प्राप्त हुँदैन । मुद्दा मामिला, कानूनी झमेला, सरकारी दन्ड जरिवाना जस्ता भयप्रद प्रतिकुलता आउन सक्छ । पेटजन्य समस्या लगायत अन्य स्वास्थ्य सम्बन्धि शारिरिक समस्याहरु आउनसक्छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय अझै प्रतिकुल छ । व्यर्थको श्रम, धनको दुरुपयोग मानसिक तनाव, कष्टदायी भ्रमण शारिरिक पीडा, अस्थिरता र अधैर्यता, राजभय, अपमान, मित्रघात, आफन्तजनमा कलह वा मनमुटाव, कार्यमा बिध्न बाधा जस्ता घटनाहरु हुने सम्भावना भएकोले आज सचेत हुनुहुनुहोला ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन अनुकुल छ । लाभकारक तथा सुखदायी बसाइ हुने । मानसम्मान, प्रशंसा, कदर प्राप्त हुने । विशेष वा परिकारजन्य भोजन हुने, दाम्पत्य तथा वैवाहिक सुखको प्राप्ति, आर्थिक लाभ, धनको आगमन, स्वास्थ्य उत्तम वा रोग व्याधिको असरमा सुधार आउने, भोग विलासिता साधन जुटने वा भौतिक संशाधन सम्बन्धित कुराहरुको खरिद हुन सक्ने योग छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन आर्थिक रुपले लाभकारक रहनेछ । कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, शारिरिक निरोगिताको साथै बिरामी हुनुहुन्छ भने स्वास्थ्य अवस्था सुधारोन्मुख रहनेछ, सुख सन्तोषको प्राप्ति, रिस गर्नेहरुमाथि विजय प्राप्त हुने, महिलावर्गहरुसँग सहकार्य, भेटघाट, वार्तालाप हुने वा उनीहरुबाट लाभ प्राप्त हुने, कसैकसैलाइ आज आफनै घरमा बस्नुपर्ने स्थिती पनि आउनेछ । मानसम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । विद्यार्थीहरुलाइ समय राम्रो छ, खर्चमा नियन्त्रण राख्नुहोला ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन अनुकुल रहने छैन । बिध्न बाधाहरुले गर्दा हैरान हुनुपर्नेसम्मको अवस्था आउन सक्छ । वायुको प्रकोप लगायत अन्य कारणले स्वास्थ्य स्थिती खस्कन सक्छ, शोक पर्ने, मानसिक खिन्नता बढन सक्ने, कार्यहानी, धन वा कुनै प्यारो वस्तुको हानी, मनमा अशान्ति, अपयशको भागि हुनुपर्ने तथा बेकारमा दुख पाइने योग देखिएको छ । सावधान रहनुहोला । तामसिक भोजन, मासांहार आदि लिने गर्नुभएको छ भने आज त्यागगर्नुहोला । कुनैपनि कुराको आसक्तिबाट आज बच्नुहोला, अनावश्यक सम्पर्क र चाहिने भन्दा बढी बोलचालबाट जोगिनुपर्नेछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्मविश्वासमा कमी आउने अवस्थाबाट गुज्रिनुपर्ने हुनसक्छ, आज चित्त चन्चल रहने, निरर्थक चिन्ता र बेचैनिले ग्रस्त भइने, आफन्त तथा नजीककाहरुसँग मनमुटाव वाविवाद हुने, शारिरिक पिडा, कार्यहरुमा हानीको योग छ, भोजन, खानपान लगायत निद्रामा असुविधा हुनसक्ने, तथा शारिरिक अस्वस्थता वा कमजोरीले समस्याबल्झिन सक्छ, छाती वा छातीजन्य समस्या आउन सक्ने भएकोले सावधानी अपनाउनुहोला ।
वृश्चिक–SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन खुशी हुने खालको दिन छ । भाग्यले साथ दिनेछ । धनलाभ हुने, पराक्रम बढने, निरोगिता प्राप्ति, कार्यमा सफलता, नोकरीमा पदोन्नति, मानसम्मान मिल्ने, आर्थिक पक्षमा सुधार देखापर्ने, वस्त्र लाभ वा खरिद हुने, मित्रसुख, रिस गर्नेहरु निस्तेज हुनेछन्, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, अथवा चिताएको महिलाको सम्पर्कका आइने, वैवाहिक खुशी प्राप्त हुने सम्भावना छ । यात्रा वा भ्रमणको स्थिति बन्ने योग छ, प्रेम सम्बन्धको लागि समय राम्रो छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन अनुकुल नहुन सक्छ, प्रत्येक कार्यमा खर्च बढी हुन थाल्ने, गृह कलह, मानसिक तनाव, कार्यहरुमा बाधा, गरेको काम सफल नहुने, मानसम्मानमा कमी, शत्रुवृद्धि, धनको नोक्सानी, दन्ड जरिवाना हुनसक्ने, रोग व्याधिले सताउने, नेत्र सम्बन्धि रोग तथा खानपानमा समस्या देखापर्ने, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीति बन्नेछ । घरबाहिर बस्नुपर्ने अवस्था आउनसक्छ, पढाइमा मन नलाग्ने, मनमा कलुषित भावना पलाउनसक्छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भाग्यले सहयोग गर्ने खालको दिन छ । रोग मुक्ति, मानसम्मान बृद्धि, कार्य सफलता, धातु, अन्न तथा वस्त्र लाभ हुने तथा शत्रु पराजित हुनेछन्, भौतिक सुख, उत्तम भोजन तथा शैयासुख, आदर सत्कारको प्राप्ति, मित्र सहयोग जस्ता शुभ फल दिनेछ । कसै कसैलाई भने उपहार आदि प्राप्ति हुने तथा स्त्रि सहवासको पनि योग देखिएको छ ।
कुम्भ–AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिन अनुकुल छैन । मानसिक अशान्ति, शारिरिक कष्ट, पराक्रममा कमी आउने । आलस्य बढने । खर्चमा वृद्धि । कार्यहानी, धनहानी, पारिवारिक कलह वा नजिकका मानिसहरुबाट अपमान बेहोर्नुपर्ने, शोक पर्नसक्ने वा विछोडिनु पर्ने हुनसक्छ । हानी नोक्सानी, दुर्घटना हुनसक्ने भएकोले यात्रा गर्दा विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट बच्नुपर्ने दिन छ । विद्यार्थीहरुको लागि समय कठिन छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन सुखमय हुनेछ । कुटुम्बहरुसँग भेटघाट हुने अथवा उनीहरुले सहयोग गर्ने, मित्र तथा भाइबहिनीहरुले साथ र सहयोग गर्ने । धनलाभ, मानसम्मान, उत्तमभोजन, बन्धुसुख, स्त्रिसुख, मित्रहरुले सहयोग गर्ने । गरेका कार्यहरुले सफलता र यश दिलाउँनेछ, भोग विलास र रमाइलोमा समय बित्न सक्नेछ, आय वृद्धिको बाटो फेला पर्नसक्छ, पद वा फरक जिम्मेवारी प्राप्तिको योग छ, पारिवारिक तथा जीवनस्तरमा बृद्धिको योग छ । व्यापारी वर्गलाई दिन अनुकुल छ ।
Copyright ©2011- New Vision Point Pvt. Ltd. | All Right Reserved
Power By: JATA Media Pvt. Ltd.
Leave a Reply