हेर्नुहोस् आज २८ माघ २०७७ बुधबारको तपाईको राशिफल

अखबार नेपाल संवाददाता
२०७७, २८ माघ बुधबार ०७:३८

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन राम्रो हुनेछ शुभ समाचार आउन सक्नेछन, रोकिएका कार्यहरुले प्रगति लिनेछन्, विरोधीहरु परास्त हुनेछन्, कार्यसिद्धि, आर्थिकलाभ, आयस्रोत बढने, जागिर वाव्यवसायमा शुभ योग आएको छ, कर्मक्षेत्रमा तँपाइको कदर वा प्रशंसा हुनेछ, खोजेको व्यक्तिको सहयोग पाइने, जग्गा जमिन सवारीसाधन खरीद गर्न साथै लगानीलाइ राम्रो समय छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मेहनत गरे अनुसार फल नमिल्ने, काममा जस नपाउने, मुद्दा मामिला अथवा सरकारी कामहरुमा भयप्रद प्रतिकुलता आउनसक्ने, शारिरिक अस्वस्थता, पेट विकार, मानसिक अशान्ति, विवाद तथा असमझदारी बढन सक्ने दिन छ, कुटुम्बसँग टाढिने अवस्था, व्यवसायको लागि समय अनुकुल छैन । चिनामा शुभग्रहहरुको दशा चलेको भने स्थिती सुखद हुनेछ । एकचोटि ज्योतिषिसँग परामर्श गर्नुहोला ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय अनूकुल छैन । होश पुरयाएर काम गर्नुपर्ने खालको दिन छ । आर्थिक तथा पारिवारीक समस्याले मन खिन्न हुनेछ, कार्यमा बिध्न बाधा, बिना मूल्यको श्रम गर्नुपर्ने, रोग र शत्रुले सताउने, हातहतियारबाट वा अन्य किसिमले चोटपटक लाग्न सक्ने, मानसिक छटपटि, पारिवारिक असमझदारी बढने, धनहानी, रोजगारमा समस्या उत्पन्न हुनसक्ने, खर्च ज्यादा हुने योग छ, आज झगडा र विवादबाट भने बच्नुहोला ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन राम्रो रहनेछ । पुरुषार्थ सिद्ध गर्ने अवसर मिल्नेछ, विरोधिहरु परास्त हुने, मातृ तथा भूमि सुख, स्वास्थय उत्तम हुने, वैवाहिक सुख, पारिवारिक जमघट, प्रेमसम्बन्धमा सुखद अवसर प्राप्त हुने, शैय्या सुख, दाम्पत्य जीवनमा आनन्दमय हुने, भोग विलास मनोरन्जनमा समय बित्ने । वस्त्र, वाहन या सौन्दय सामाग्रीहरु प्राप्त हुने अथवा खरीद हुने, धन लाभ हुने, रोकिएको कार्यहरु बन्नेछन । कार्यस्थल र व्यवसायमा सफलता प्राप्त हुने दिन छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन राम्रो रहनेछ । आर्थिक लाभ, मित्रसुख, शत्रुहरु पराजित हुने, धपेडी र परिश्रमबाट मुक्त भइने, स्वास्थ्य राम्रो रहने, आरोग्यता प्राप्ति, आदर सत्कार र आनन्द प्राप्त हुने, उत्तम पारिवारिक तथा दाम्पत्य सुख, मुद्दा मामिला लगायत अन्य कुराहरुमा विजय प्राप्ति । कार्यस्थलमा सहयोग पाइने, विद्यार्थीहरुलाइ समय राम्रो छ । व्यवसायीहरुलाई भने दिन राम्रो छैन । लगानी आज नगर्नुहोला ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सचेत हुनुपर्ने समय छ । सन्तान पीडा, बन्धुबान्धव तथा आफन्तजनसँग मनमुटाव हुनसक्ने, कार्यहानी, बौद्धिक कार्यमा असफलता हात लाग्ने, धपेडी पर्ने, मन अशान्त हुने, कर्ममा गतिरोध, धन हानी हुने योग रहेको छ, पेट सम्बन्धि समस्या आउनसक्छ, पारिवारिक द्धन्द बढन सक्छ, अपयशको भागी हुनसक्ने दिन भएकोले आज विवादबाट टाढै रहनुहोला । लगानीलाइ आज दिन ठीक छैन ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आरोप र झमेला हुने खालको दिन छ, आत्मियजन तथा कुटुम्बमा मनमुटाव वा झैंझगडा हुने, मन अशान्त रहनसक्छ, दुख कष्ट बन्धन रोग र शत्रुहरुले रिस गर्ने, आयमा कमी आउने, मित्र तथा भाइहरुसँग वैमनस्यता, परिवारीक र दाम्पत्य सुखमा कमी, कलह, अभाव, भय, कार्य बाधा जस्ता फल प्राप्त हुनसक्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला ।
वृश्चिक–SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन राम्रो रहनेछ । आँट साहस बढने, धन वाहन तथा अचल सम्पत्तिको प्राप्ति, कार्यमा सफलता, उत्तम गृह सुख, मन प्रसन्न हुने, छोटा दुरीको यात्रा, आरोग्यता प्राप्ति, वस्त्रलाभ, मानसम्मान प्राप्ति । सुखद दाम्पत्य जीवन, मित्रसुख, शत्रुहरु परास्त हुनेछन्, नोकरीमा पदोन्नति हुने योग चलेको छ, कसैकसैलाइ स्थान परिवर्तनको सम्भावना पनि चलेकोले दुर्घटना चोटपटकबाट चाँही सावधान रहनुहोला ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन अनूकूल छैन । आफन्त तथा बन्धुबान्धवबिच वैमनस्यता बढने तथा पारिवारिक सुखमा कमि आउने योग छ, कार्यमा बिध्न बाधा हुने, व्यर्थको श्रम, खर्चमा बृद्धि, धनहानी, सोचेको काम नबन्ने वा झंझट बेहोर्नुपर्ने । बल, साहस, संचित धन आदिमा नकारात्मक असर गर्ने योग छ, मनमा गलत विचारहरु आउने । मान हानी वा अपमान हुने, चित्त दुख्नेस्थिति आउन सक्छ । व्यवसायमा घाटा छ लगानीलाई समय प्रतिकूल छ, घमन्डबाट भने आज टाढा रहनुहोला ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मध्यम खालको दिन छ । जन्म राशीको चन्द्रमाले मान सम्मान बृद्धि, कार्य सफलता, धातु, अन्न तथा वस्त्र लाभ दिने तथा शत्रु पराजित हुनेछन्, भौतिक सुख, उत्तम भोजन, आदर सत्कार, मित्र सहयोग जस्ता शुभ फल दिने छ भने केही अशुभ ग्रहहरुको असरले वादविवाद, स्थान परिवर्तन, बुद्धिविवेकले गलत निणर्य गर्ने, शारिरिक पिडा, आफन्तजनसँग विछोड, कार्यमा असफलता, बन्धन, भय, अपमान, उदासीनता, अस्थिर मन जस्ता फलहरु प्रदान गर्न सक्छन् ।
कुम्भ–AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिन प्रतिकुल छ । घरपरिवार तथा कुटुम्बबाट मतभेद या विछोड गराउनसक्छ, प्रतिष्ठित व्यक्तिसँग विवाद हुने योग भएकोले सचेत हुनुहोला, अधिक धन खर्च, परिवारमा कष्ट, दुखद यात्रा, स्वास्थ्य हानी, शारिरिक शिथिलता, पराक्रममा कमी, खर्चमा वृद्धि, आर्थिक अभाव । मानसिक अशान्ति अथवा छटपटि बढने । निर्णयहरु गलत हुनसक्ने, इष्र्याको भावना पलाउने आदि हुनसक्छन । विद्यार्थीहरुको लागि भने दिन राम्रो हुनेछ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन राम्रो रहनेछ । शुभ समाचारहरु आउन सक्छन् । शरिरको कान्तिवृद्धि, आर्थिक लाभ । शत्रु नाश । मित्रबाट फाइदा वा सहयोग प्राप्त हुन सक्छ । उत्तम वस्त्र तथा भोजन प्राप्ति । भोग विलासमा रुचि जाग्नेछ । आफैंले नयाँ कार्यको शुरुवात गर्ने समय आएको छ । संचित धनमा वृद्धिको योग छ । आय स्रोतको नयाँबाटो फेला पर्नसक्छ, प्रयास गर्नुहोला । अडकिएका कार्यहरु सम्पन्न हुनेछन् । मानसम्मानमा बृद्धि, पद, सम्मानको प्राप्ति प्रेमसम्बन्धमा सफलता । विद्यामा प्रगति । सन्तानको लागि खर्च हुनसक्नेछ । स्वास्थ्यको भने ख्यालगर्नुहोला ।
Copyright ©2011- New Vision Point Pvt. Ltd. | All Right Reserved
Power By: JATA Media Pvt. Ltd.
Leave a Reply