स्पेनिस ला लिगामा सेभिया तेस्रो स्थानमा


एजेन्सी: सेभिया स्पानिस ला लिगाको अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ ।

सोमबार राति भएको स्पेनिस ला लिगाको  खेलमा ओसासुनालाई २-० ले पराजित गर्दै सेभियाले बार्सिलोनालाई पछि पारेको हो ।

सेभियालाई जित दिलाउन डिएगो कार्लोस र लुक डी जोङले एक-एक गोल गरे ।

ओससुनाको मैदानमा भएको खेलको १९औं मिनेटमा डिएगोले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।

४९औं मिनेटमा लुक डी जोङले सेभियाका लागि दोस्रो गोल गरे ।

जितपछि २३ खेलबाट ४८ अंक जोड्दै सेभिया तेस्रो स्थानमा उक्लेको हो ।

स्पेनिस ला लिगाको समान खेलबाट ४७ अंक रहेको बार्सिलोना चौथो स्थानमा झरेको छ ।

२४ खेलबाट २५ अंकसहित ओसासुना १३औं स्थानमा छ ।

क्रोटोन १२ अंकसहित पुछारमा रहेको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b6%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%a1/



Leave a Reply

Your email address will not be published. Required fields are marked *