सरकारले अग्नि नियन्त्रक विमान किन्ने

२०७७, २४ चैत्र मंगलवार १८:१८

काठमाडौं: नेपाल सरकारले हरेक वर्ष मुलुकभरका जंगलमा फैलिएको डढेलो नियन्त्रण बाहिर जान थालेपछि दीर्घकालिन समाधानका लागि अग्नि नियन्त्रक विमान किन्ने भएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकमा अग्नि नियन्त्रक विमान (फायर फाइटर हेलिकोप्टर) किन्नेबारे छलफल भई प्रक्रिया अघि बढेको श्रोतले जनाएको छ ।
सरकारले विमान कुन देशबाट किन्ने लगायत यसका खरिद प्रक्रियाबारे नियमसंगत ढंगले अघि बढ्ने छ । सो विमान नेपाली सेनामार्फत अग्नि नियन्त्रणमा प्रयोग गरिने भएको छ ।
फायर फाइटर विमान चैत, वैशाख, जेठ र असार ४ महिना अग्नि नियन्त्रणका लागि प्रयोग गर्ने र बाँकी समय अन्य व्यावसायिक प्रयोजनमा लगाउन सकिनेबारे छलफल भएको छ ।
यो पनि पढ्नुहोस् :
ओखलढुंगा जिप दुर्घटनामा तीन जनाको मृत्यु



