संखुवासभाबाट धरानतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते

२०७७, २० चैत्र शुक्रबार १२:०९

संखुवासभाः संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
को १ ख २८२४ नम्बरको बस धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना भएको हो ।
बस बाटोबाट २० मिटर तल खासेको प्रहरीले जनाएको छ ।
गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लगिएको छ ।
तस्बिर : सामाजिक सञ्जाल



