वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय


काठमाडौं: वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

 

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मङ्गलवारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

 

बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डाक्टर सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्मा, सहसचिव डाक्टर हरि लम्साल, शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याललगायतको उपस्थिति रहेको थियो ।

 

विद्यालय बन्द भएपनि पूर्वनिर्धारित तालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विश्वविद्यालय तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरूले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रम सञ्चालन गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

 

आर्थिक वर्षबाट ७७ वटै जिल्लामा स्वास्थ्य बिमा बोर्ड लागू गरिने