रेशम चौधरीको रिहाइ लगायतको माग सम्बोधनका लागि गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन


काठमाडौं: नेपाल सरकारले थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समिति र कन्द्रीय आन्दोलन परिचालन समितिले राखेका माग सम्बोधनका लागि वार्ता टोली गठन गरेको छ ।

 

गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा गठित तीन सदस्यीय वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य छन् ।

 

थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय संघर्ष समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्न वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

 

रेशम चौधरी लगायतका बन्दीहरूको रिहाईको माग गर्दै आन्दोलनरत आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले टोली गठन गरेको हो ।