राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई र कक्षा १२ को परीक्षा स्थगित


काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

 

सोमबार बिहान बसेको बोर्ड बैठकले अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

 

जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम सकिएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् ।

 

कोरोना संक्रमणको अवस्था नियन्त्रण बाहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने निर्ष्कष निकालिएको बोर्डले जनाएको छ ।

 

जेठ २६ बाट हुने कक्षा १२ को परीक्षा पनि अन्यौलमा छ । परीक्षा हुन महिना दिन बाँकी छ तर महामारीले पठनपाठन बन्द छ भने अधिकांश जिल्ला निषेधाज्ञामा छन् ।

 

करिब ४ लाख परीक्षार्थी कक्षा १२ मा छन् ।

 

यस वर्ष कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ ।

 

गतवर्ष पनि कोरोना महामारीकाबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

 

गत वर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतिजा दिएको थियो ।