रामेछाप-काँग्रेस सम्पर्क समितिद्वारा स्वास्थ्य सामग्री वितरण


रामेछाप: नेपाली काँग्रेस रामेछाप-काठमाडौं सम्पर्क समितिले खाँडादेवी गाउँपालिकाका विभिन्न स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

 

मुलुकभर महामारीका रुपमा फैंलदै गएको कोरोना भाइरस न्यूनिकरणका लागि सहयोग पुर्याउने उदेश्यले सम्पर्क समितिले अक्सिजन सिलिन्डर, पिपिइ सेट, मास्क, अक्सिजनबनाउने मेसिन लगायतका  स्वास्थ्य सामग्री हस्तान्तरण गरेको समितिका सभापति राजनारायण श्रेष्ठले जानकारी दिए ।

 

सम्पर्क समितिले केहि दिन अगाडि बसेको अनलाइन बैठकले गरेको निर्णयका आधारमा स्वास्थ्य सामग्रीहरु खरिद गरेर खाँडादेवी गाउँपालिकाको वडा नं ३, ४ र ५ को भिरपानी र पकरबासका स्वास्थ्य केन्द्रहरुमा सामग्री हस्तान्तरण गरिएको नेपाली काँग्रेसका क्षेत्रिय कोषाध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।