युरोपा लिग:म्यानचेष्टर युनाइटेडको शानदार जित

२०७७, ७ फाल्गुन शुक्रबार १९:४७

एजेन्सी: युरोपा लिगअन्तर्गत अन्तिम ३२ को पहिलो लेग खेलमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडको शानदार जित हात पारेको छ ।
गएराति भएको खेलमा युनाइटेडले स्पानिस क्लब रियल सोसिडाडलाई ४-० ले हरायो ।
ब्रुनो फर्नान्डेजले दुई गोल गरेको खेलमा मार्कुस रासफोर्ड र ड्यानिएल जेम्सले एक/एक गोल गरे ।
ब्रुनोले २७औं र ५७औं मिनेटमा गोल गरेका थिए ।
यस्तै रासफोर्डले ६५औं र जेम्सले ९०औं मिनेटमा गोल गरे ।
यो पनि पढ्नु होस् ।
Leave a Reply