युगान्डाको राष्ट्रपतिमा योवेरी मुसेभेनी निर्वाचित

२०७७, ४ माघ आईतवार ०९:३०

एजेन्सीः युगान्डाको राष्ट्रपतिमा योवेरी मुसेभेनी निर्वाचित भएका छन् ।
युगाण्डाको निर्वाचन आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले खसेको कूल मत सङ्ख्याको ५८.६४ प्रतिशत मत प्राप्त गरेका छन् ।
नयाँ कार्यकालका लागि निर्वाचित वर्तमान् राष्ट्रपति मुसेभेनीको निकटतम प्रतिद्वन्द्वी बोबी वाइन भनिने रोबर्ट क्यागुल्यानीले ३४.८३ प्रतिशत मत पाएका छन् ।
सन् १९८६ देखि युगाण्डाको सत्तामा रहँदै आएका म्यूसेभेनीको जितले उनको शासनलाई अर्को पाँच बर्षका लागि वैधानिकता दिएको छ ।
Leave a Reply