महोत्तरीमा घाँस काट्न जाँदा हराएका बालिका किशोरी भारत बिहारको सितामढीमा फेला


महोत्तरी: महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट हराइरहेका किशोरी भारतमा फेला परेका छन् ।

 

उनीहरु अपहरणमा परेको अनुमान गरिएपनि भारत बिहारको सितामढीमा फेला परेका हुन् ।

 

अहिले उनीहरूलाई त्यहाँको रेलवे-स्टेसनबाट घरतर्फ ल्याइँदै गरिएको भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले जानकारी दिएका छन् ।

 

उनीहरु मंगलबार दिउँसो घाँस काट्न गएका सात जना सम्पर्क विहीन भएका थिए ।

 

महोत्तरीका प्रहरी उपरीक्षक दिवेश आचार्यका अनुसार सम्पर्कविहीन भएका सबैजना दलित परिवारका हुन् ।

 

सीतामढी प्रहरीका अनुसार ती बालिका किशोरीले आफूहरू गायिका बन्न आएको बताएका छन् ।

 

साथमा अन्य कोही नभेटिएकाले उनीहरूलाई बेच्न लगिएको भन्न नसकिने सीतामढी प्रहरीको तर्क छ ।

 

घटनाबारे अनुसन्धान गरेर नेपाल प्रहरी तथा सम्बन्धित परिवारलाई उनीहरू जिम्मा लगाउने प्रक्रिया चलिरहेको भारतीय प्रहरीले जनाएको छ ।

 

सम्पर्कविहीन हुनेहरुमा स्थानीय १२ वर्षीय सीमा पासवान, १२ वर्षीय रञ्जन पासवान, १३ वर्षीय ज्योती पासवान, १३ वर्षीय रीया पासवान, ११ वर्षीय अर्चना पासवान, १७ वर्षीय नगीना पासवान र २० वर्षीय अस्मिता पासवान रहेका थिए ।

 

कार्यक्रममा सञ्चारमन्त्री निदाएपछि बन्यो टिकटकमा भाईरल
मेरो शेयरमा समस्या आएपछि केही दिनका लागि बन्द हुने