[addthis tool="addthis_inline_share_toolbox"]

महाध्रूवीकरणको ईमान्दार पहल गरेका छौं र अन्तसम्मै गरिरहन्छौ !


तत्कालीन नेकपा (माओवादी) नेतृत्वमा लडिएको महान जनयुद्ध नै नेपाली कम्युनिस्ट आन्दोलन र लोकतान्त्रीक आन्दोलनको सर्वोच्च सँस्लेषण हो । अर्थात् माओवादी जनयुद्व भन्दा ठूलो राजनीतिक आन्दोलन नेपालमा यस अघि भएको थिएन । जनयुद्धले राजनीतिक क्षेत्रमा पुँजीवादी गणतन्त्रसम्म तथा साँस्कृतिक क्षेत्रमा देशको सबै समुदाय र तहमा राष्ट्रिय चेतना जागृत गर्यो ।

 

आर्थिक क्षेत्रमा भने जनयुद्धले चाहेको स्वाधीन राष्ट्रिय अर्थतन्त्र स्थापित हुन पाएको छैन । स्वदेशमा रोजगारी, स्वास्थ्य र शिक्षामा नेपाली नागरिकको नैसर्गिक अधिकार वहाल हुन सकिरहेको छैन । इण्डो-अमेरिकी दलालहरुका देशद्रोही अपराधका कारण देशभक्त जनसमुदाय टाउकोमाथि तरवार झुण्डिएको स्थितिमा बाँचेका छन् ।  अत:  देशको अर्थ-राजनीतिले छलाङमय अग्रगति लिन सकिरहेको छैन । र, नाम मात्रका उपलब्धीहरु पनि बलात् खोसिने जोखिममा छन ।

 

वर्गीय एवं सामुदायिक दृष्टिले ईतिहास नभएका नेपालीहरुले लडिएको गुणात्मक परिवर्तनको आन्दोलन थियो, १० बर्षको जनयुद्ध । अर्थात् महान जनयुद्धका योद्धाहरु जो थिए, त्यस अघि उनीहरुको राजनीतिक ईतिहास नै थिएन । यसरी ईतिहास नभएका नेपालीले लडिएको जनयुद्ध भएकैले त्यो “महान” थियो र “महान जनयुद्व” कहलायो । अत: ईतिहास नभएका मानिसहरुले लडेर निर्माण गरिएको आफ्नो  गौरवमय इतिहासको नाम हो, माओवादी आन्दोलन । यसरी माओवादी आन्दोलनको विचार, भावना र ऐतिहासिक विरासतको निरन्तरता खातिर आज माओवादी तथा पूर्व माओवादीहरुवीच महाध्रूवीकरणको जोड्दार अपील गरिरहेका छौं हामी । यस अभियानमा सकारात्मक योगदान गर्ने माओवादी समर्थक जनसमुदाय र इमान्दार कमरेडहरुप्रति हामी हृदयदेखि नै आभारी छौं। र, अझ दृढतापूर्वक अग्रसर हुन जुझारु आव्हान गर्दछौं ।

वर्गीय एवं सामुदायिक दृष्टिले ईतिहास नभएका नेपालीहरुले लडिएको गुणात्मक परिवर्तनको आन्दोलन थियो, १० बर्षको जनयुद्ध । अर्थात् महान जनयुद्धका योद्धाहरु जो थिए, त्यस अघि उनीहरुको राजनीतिक ईतिहास नै थिएन । यसरी ईतिहास नभएका नेपालीले लडिएको जनयुद्ध भएकैले त्यो “महान” थियो र “महान जनयुद्व” कहलायो । अत: ईतिहास नभएका मानिसहरुले लडेर निर्माण गरिएको आफ्नो  गौरवमय इतिहासको नाम हो, माओवादी आन्दोलन ।

उपरोक्त पृष्ठभूमिमा, प्रकारान्तरले नेकपा (माओवादी केन्द्र) मा क. प्रचण्डहरुको पुनरागमन र विप्लव नेकपाको सडक आगमन संगसंगै हुन पुग्यो । जसलाई, हामीले हार्दिक स्वागत गर्यौं र भन्यौं:

 

रक्तिम इतिहासको सच्चाई:

हामीले माओवादी प्रचण्डलाई नेता मानेका हौ,

नाम फेरिएको एमाले प्रचण्डलाई होइन,

उतातिर जालझेल र अनेक तिक्डमबाटै सही,

प्रकारान्तरले माओवादी प्रचण्ड बन्न पुगेका छन ।

तर, के यो सत्य हो ?

सत्य हो भने जुटौं

प्रचण्डलाई हो ची मिन्ह बनाउन हामी तयार छौं !

जसले, जनरल जियापहरुलाई प्रोत्साहित गरोस,

भीमसेन थापा, जनायक रामप्रसाद राई, भीमदत्त पन्त

र,

इतिहासका देशभक्त सेनानीहरुलाई सम्मानित गरोस् ।

जसले, इण्डो-अमेरिकी साम्राज्यवादलाई खरानी पार्दै

स्वाधीन र समृद्व नेपालको झण्डा फहर्याउन सकोस् ।

 

यसो भनेर हामीले ३ चैत ०७७ मा क. प्रचण्ड, क. मोहन बैध्य, क. विप्लव र डा. बाबुराम भट्टराई समक्ष महाध्रूवीकरणको पहल गरिदिन सादर पत्र लेखौं । यसमध्ये क. मातृका यादव मार्फत क. प्रचण्डले छलफलमा बोलाउनु भयो र प्रारम्भिक छलफल गर्यौं । तर, हामीहरु यत्ति बिघ्न सहज बनिदिंदा पनि प्रचण्डहरुबाट ठोस निश्कर्ष उपलब्ध भएको छैन। अरु तीन जनाबाट कुनै प्रतिकृया आएको छैन ।

 

यो के हो ? देश र जनताको पक्षमा ईमान्दार माओवादी कम्युनिस्टहरुले सर्वत्र प्रश्न उठाउनै पर्छ ।

 

यहाँ पुनर्गठित  नेकपा (माओवादी केन्द्र) तथा अदालतको सफेद अन्याय र निर्वाचन आयोगको पत्र अनुसार नाम संशोधित नेकपा (माओवादी) का कमरेडहरु “जाँतोलाई भन्दा हातोलाई सकसक किन ?” भनी हामीलाई प्रश्न गरिरहनु भएको छ । आफुलाई बाहेक अरु कसैलाई नदेख्ने आत्मकेन्द्रीत ब्यक्तिवादी कोणको रुढ राजनीतिमा यो प्रश्न स्वभाविक छ। परन्तु, आफ्ना कमरेडहरुलाई हामीले जवाफ गरिरहेका छौ- “इतिहासको चाल जसले बुझ्न सक्छ, उसले पहल गर्ने हो । किनकि, कम्युनिस्ट पार्टी भनेको सर्वहारा श्रमिकवर्गको अग्रदस्ता हो, ख्याल रहोस कि दस्ता होइन, अग्रदस्ता ।”

 

अत: अग्रदस्ताका ईमान्दारहरुले आफ्नो सचेत कर्तब्य पालना गर्न किमार्थ चुक्नु हुँदैन । अन्तत: ईमान्दारहरु नै वैज्ञानिक बन्दछन। ईमान्दार र वैज्ञानिक मानिस नै कम्युनिस्ट हो अथवा कम्युनिस्ट बन्न हामीले ईमान्दार र वैज्ञानिक बन्नै पर्छ। महाध्रूवीकरणवारे हाम्रो पहल यसतर्फ केन्द्रीत छ, भनी बुझी दिनु श्रेयस्कर हुनेछ ।

 

अर्को, “प्रचण्ड र बाबुरामलाई माओवादी देख्ने दक्षिणपन्थी दृष्टिकोण” भनेर हामीलाई आरोपित गर्न खोज्ने महाशयहरु पनि छन। भ्यागुते चिन्तनका ती संकीर्ण तत्वहरुलाई के थाहा, महान जनयुद्वको मर्म र माओवादी तथा पूर्व माओवादीहरु जुट्न नसके उत्पन्न हुने भयानक परिस्थिति !

 

हामी यो पनि भनीरहेका छौं कि तत्कालीन माले गुटका मदन भण्डारीहरु संगठनमा आफै सक्षम थिए । तर, तिनले बुढा मनमोहन अधिकारीलाई किन बोके ? समग्र क्रान्तिका लागि त एमाले गुटको उपस्थितिले प्रतिकुलता नै थोपरेको छ, तर एमाले गुटको संसदीय राजनीतिका लागि भने मनमोहन बोकाईले उच्चतम हित गरेको प्रष्ट देखिन्छ । हाम्रै जीवनको यो यथार्थवारे बेखबर रहने टप्परटुँइया शैलीको चेतना ऐतिहासिक भौतिकवाद हुनै सक्दैन । हामीलाई स्पष्ट थाहा छ, वर्गदृष्टिकोण र पक्षधरता स्वतन्त्र हुनै पर्छ, तर नेपाली राजनीतिमा जिम्मेवार माओवादी कम्युनिस्टले एमाले त के चाहिने कुरा कांग्रेसबाट पनि सिक्न जान्नु पर्छ ।

 

हामीले “महाध्रूवीकरणको पहल” भनेको अहिले जो जसले जुन विचार र कार्यदिशा लिएर हिंडिएको छ, त्यया-त्यता दौडने भनेको होइन र त्यो सम्भव पनि छैन । हामीले भनेको खास कुरा यो हो कि माओवादी तथा पूर्व माओवादीहरु जुटौं, वैज्ञानिक समाजवाद र जनगणतन्त्रको राजनीतिक कार्यक्रममा अघि बढौं !

 

अन्त्यमा, देश र जनताको हित खातिर जो जसले राजनीतिक गतिको चाल बुझ्ने ल्याकत राख्दैनन्, इतिहासको चिहानमा गाडिने निश्चित छ, भनिरहनु पर्दैन । महाध्रूवीकरण पहललाई नजरअन्दाज गरेर जो जसले माओवादी समर्थक जनसमुदाय एवं ईमान्दार कार्यकर्ताहरुलाई धुरुधुरु रुवाउने दुष्टशाहस गर्लान, त्यस प्रबृत्तिको भण्डाफोर चानचुने होला, भनी नसम्झे हुन्छ ।

 

र यो पनि….

बुद्व दर्शनको निर्माणमा वैदिक दर्शनको योगदान: एक चर्चा
महान् सहायक अथवा सर्वहारा उत्तराधिकारको अपील

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *