मनकामना केबुलकार सेवा ६ दिनका लागि बन्द हुदै

२०७७, २३ चैत्र सोमबार १३:३९

काठमाडौं: नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ ।
केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार बुल ह्विल ब्यरिङ, बुल ह्विल नयाँ फेर्नुका साथै अन्य मर्मत संभारको लागि अस्ट्रियाबाट आँउने प्राविधिकबाट मर्मत हुने भएकोले केबुलकार सेवा ६ दिनका लागि बन्द गर्न लागिएको हो ।
उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ । मर्मत संभार पश्चात आगामी चैत्र ३१ गतेदेखि पुनः नियमित रुपमा सञ्चालन हुने समेत मनकामना दर्शन प्रा.लि. ले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
अजोड इन्स्योरेन्सको कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम



