[addthis tool="addthis_inline_share_toolbox"]

बुद्व दर्शनको निर्माणमा वैदिक दर्शनको योगदान: एक चर्चा


मानिसको श्वास प्रवास प्रणाली लौकिक या अलौकिक, भौतिक या अभौतिक अथवा पदार्थ या चेतना मध्ये के हो ? एक मार्क्सवादीको विचारमा श्वास प्रणाली वस्तुत: लौकिक एवं भौतिक-पदार्थगत वायु  हो, जसको अभावमा मानिस वा प्राणीमध्ये कसैको पनि प्राण सम्भव हुँदैन । एक स्वासमा प्राणीको जीवन निर्भर गर्छ । अत: भन्न सकिन्छ, बुद्व दर्शनको विपश्यना वस्तुत: विज्ञान हो । जसको आविष्कार आज भन्दा २६०० बर्ष अघि, लगातार ६ बर्षको कष्टसाध्य साधनाबाट शिद्वार्थ गौतम “बुद्व” ले  गरेका थिए । सम्राट अशोकको पालामा विपश्याले ब्यापकता हासिल गरेको थियो । परन्तु, हिन्दुतन्त्रको प्रहारमा दक्षिण एसियामा यो लुप्तपाय: हुन पुग्यो । अन्तत: २० औं शताब्दीमा, बर्मास्थित जन्मेका श्री सत्यनारायण गोयन्काको पहलमा विपश्यनाले पुनर्जागरण हासिल गरेको छ र यसले क्रमश: अन्तर्राष्ट्रिय चरित्र ग्रहण गर्दैछ ।

“वैदिक दर्शनको निषेध” भन्ने सुनेर भारतीय हिन्दु साम्राज्यवादका लम्पटहरुमा तनाव बढ्न सक्छ, जो विपश्यना विज्ञानको सेवाबाट अध्यावधि बञ्चित छन र आधुनिक विज्ञानको मर्म बुझ्ने कष्ट गर्दैनन् । परन्तु, मार्क्सवादमा निषेधको सकारात्मक अर्थ “गुणात्मक विकास” हो । जसरी हेगेल र फायरबाखको दर्शनको निषेध अथवा विकासबाट मार्क्सवादको स्थापना गरियो । अत: वैदिक दर्शनको निषेधको प्रसंग “बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिंड” भएमा अन्यथा मानिरहनु पर्दैन ।

किनकि, यहाँ आध्यात्मिक धर्मको नभएर वस्तुत: विज्ञानको विश्लेषण गरिंदैछ ।

विपश्यनाको आधारभूत शिविर १० दिनको हुने गर्छ । यो एक विशिष्ट ध्यान-साधना हो, जसलाई शिविर भन्ने गरिन्छ । समग्रमा यसलाई “विपश्यना” भनिन्छ, यद्यपि  विपश्यना रणनीति हो भने यसका विभिन्न कार्यनीतिहरु छन । रणनीतिको सेवामा केन्द्रीत ती कार्यनीतिहरुमा सर्वप्रथम पञ्चशील आउँछ । पञ्चशील ग्रहणमा साधकले म चोरी गर्दिन, म झुटो कुरा बोल्दिन, म यौन ब्यभिचार गर्दिन, म लागू पदार्थ खाँदिन र म अन्यायपूर्ण हिंसा गर्दिन, भनी सपथ लिनु पर्दछ । शीलपछि समाधि उँदै प्रज्ञामा पुग्ने लक्ष हुन्छ ।

 

विषयको सारतत्वमा यहाँ शील ग्रहणपछि लगातार साँढे ३ दिन “आनापान” गराइन्छ । यो भनेको आँखा र मुख बन्दगरी  नाकबाट आफ्नो “श्वास बाहिर जाँदैछ, श्वास भित्र आउदैछ” भनी गणना गर्नु हो । अथवा श्वास गणना कार्यबाट माथिल्लो ओंठमाथि र नाकमुनी स्वासलाई केन्द्रीत गर्नु हो । आनापानद्वारा जब श्वास गणनामा मन केन्द्रीत हुन्छ, साँढे ३ दिनपछि मनलाई तालुमा लैजाने र शरिरको सम्पूर्ण स्थानमा मनले विशेष निरीक्षण गर्ने निर्दश हुन्छ । हो, खास रुपमा साँढे ३ दिनपाछिको यो प्रकृयालाई नै “विपश्यना” भनिन्छ ।

 

अत: विपश्यना वस्तुत: मानिसको मन ब्यवस्थापन गर्ने विज्ञान हो । अर्को शब्दमा तनाव ब्यवस्थापन गर्ने विज्ञान हो ।

 

उपरोक्त आधारमा यहाँ वैदिक दर्शन र बुद्व दर्शको सम्बन्धवारे चर्चा गरिन्छ ।

 

१. सर्वप्रथम स्पष्ट हुनु पर्दछ कि वैदिक दर्शनको निषेधबाट बुद्व दर्शनको स्थापना भएको हो ।

 

भौतिकवादी लेखकको हैसियतमा  राहुल सांकृत्यानका रचनाहरु विश्वसनीय लाग्दछन । राहुलकृत “भोल्गा से गंगा तक” पुस्तक अनुसार विगत ३ हजार बर्ष अघि आर्यगण गंगा मैदानमा आइपुगेका हुन । आज पञ्जाब भनिने उत्तरापथमा आइपुगेपछि ड्रविडहरुको दास ब्यवस्था कब्जा गर्द आर्यगणका विश्वामित्रा तथा वशिष्ठले वेदको रचना गरे ।

 

स्मरण रहोस कि “वेद” शब्दको निर्माण “वेदना” अथवा “समवेदना”बाट भएको हो ।

 

उपरोक्त आधारमा वेद रचनाको ४ सय बर्ष पछि तथा आज भन्दा २६०० बर्ष अघि बुद्व दर्शनको स्थपना भएको हो । अत: विषयको सारतत्व, भूगोल र समाज तथा समयक्रमको दृष्टिले पनि बुद्व दर्शनको निर्माणमा वैदिक दर्शनको अहं योगदान स्पष्ट हुन्छ । त्यो योगदान भनेको वैदिक दर्शनको जीवन र जगत सम्बन्धी वेदनाको दृष्टिकोणलाई  बुद्वले बोधको  दृष्टिकोणमा विकसित गरे। यो विकास प्रकृया वैदिक दर्शनको निषेध तथा बुद्व दर्शनको स्थापना थियो ।

 

“वैदिक दर्शनको निषेध” भन्ने सुनेर भारतीय हिन्दु साम्राज्यवादका लम्पटहरुमा तनाव बढ्न सक्छ, जो विपश्यना विज्ञानको सेवाबाट अध्यावधि बञ्चित छन र आधुनिक विज्ञानको मर्म बुझ्ने कष्ट गर्दैनन् । परन्तु, मार्क्सवादमा निषेधको सकारात्मक अर्थ “गुणात्मक विकास” हो । जसरी हेगेल र फायरबाखको दर्शनको निषेध अथवा विकासबाट मार्क्सवादको स्थापना गरियो । अत: वैदिक दर्शनको निषेधको प्रसंग “बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिंड” भएमा अन्यथा मानिरहनु पर्दैन ।

 

किनकि, यहाँ आध्यात्मिक धर्मको नभएर वस्तुत: विज्ञानको विश्लेषण गरिंदैछ।

 

२. राहुलकै “जीवन यात्रा” संग्रहबाट जान्न सकिन्छ कि जीवन र जगतलाई बुझ्ने वैदिक दर्शनलाइ एक वाक्यमा “सद्चिदानन्द” भनियो, जसको व्याख्या “सदा, चिदा, आनन्द” हो । (यहाँ चिदाको अर्थ “चेतना” ले भन्ने हो ।) तर, बुद्वले सद्चिदानन्दको खण्डन गर्दै जीवन र जगतवारे भनेका छन “असदा, अचिदा, अआनन्द” । हो त के भने- “दु:ख” ।

 

३. विश्वमा सर्वप्रथम उध्योग धन्दाको प्रारम्भ यूरोपमा भयो । औध्योगिकरणले अनिवार्य रुपमा विज्ञानको माग गर्यो । परिणाम, मार्क्सवाद समेत विज्ञान तथा विज्ञानका आधारमा अनेक प्रविधिको विकास पनि यूरोपमै हुन पुग्यो । संगसंगै, साम्राज्यवादमा पतीत यूरोपेली शासकहरु जातीय र क्षेत्रीय अहंकारवादका घृणित अगुवा पनि बन्न पुगे ।

 

परिणाम, आफुलाई “कन्सस् माइण्डेट” र अरुलाई “अन्कसस् माइण्डेट” परिभाषित गर्न पुगे । अहंकारवादको विशेषता अनुसार नै त्यो तथाकथित कन्सस् माइण्डेटको पगरी कमश: यूरोपबाट आज संयुक्त राज्य अमेरिका सरेको छ, जसले यूरोपेलीलाई पनि स्वत: अन्कससमा खसाल्दैछ । अमेरिकी शासकहरुमा अहंकारवादको घोडा दौड यति चर्केको छ कि कन्सस् माइण्डेट भन्दा यूरोपेलीले पनि दाबी जनाउने हुँदा आफुलाई “सुपर माइण्डेट” कहलाउन थालेका छन, जसबाट अमेरिकीहरुले आफुलाई यूरोपेली भन्दा पृथक देखाउन सकुन् ।

 

हो, पशिमाहरुको प्रकृति र मानव समाज विरोधी तथाकथित कन्सस् माइण्डलाई ठेगानमा राख्न एसियालीले विपश्यना विज्ञानलाई विश्व व्यापक तुल्याउनु परेको छ, जसको आविष्कार २,६०० बर्ष अघि नेपालको लुम्बिनीमा जन्मेका बुद्वले गरेका थिए ।

 

निश्कर्षमा, पश्चिमा र पूर्वेलीवीच सभ्यताको वहसमा सन्तुलन कायम गर्ने ऐतिहासिक सवाल यो हुन आउँछ कि Light of Asiya भनेको को हो र के हो ? विपश्यना विज्ञानका प्रणेता बुद्वलाई कुल्चेर कसैले आफुलाई कन्सद् माइण्ड र सुपर मसिण्डको धक्कु लगाउन मिल्छ ? अवश्य मिल्दैन ।

 

तर, यो पनि त्यत्तिकै सत्य हो कि पुर्वेलीले पनि  विपश्यना विज्ञानको महत्व बोध गर्न सक्नु पर्यो ।

– मे २०२१

 

महान् सहायक अथवा सर्वहारा उत्तराधिकारको अपील
झण्डा विद्रोह र मंगोल ईत्यादि बारे

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *