बाघको छाला कारोबार गर्ने पक्राउ


काठमाडौं: काठमाडौंको तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित बालाजुमा प्रतिबन्धित दुर्लभ बाघको छालाको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अबैध रुपमा बिक्रि वितरण गर्नको लागी बाघको छाला लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा लम्जुङ जिल्ला दुधपोखरी घर भई हाल तारकेश्वरनगरपालिका-९ मनमैजु बस्ने बृस राज घलेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको कोठाबाट अन्दाजी ६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको बाघको छाला सहित महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरि आवश्यक कारबाहिको लागी जिल्ला बन कार्यालय काठमाडौंको हात्तिसार पठाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *