बगर बनेर कुरिरहेछु


🌺  गीत  🌺

बगर बनेर कुरिरहेछु, भेल बनेर उर्लेर आऊ
यौवनको प्यास मेटेर हामी, चोखो माया लाऊँ ।

अतितका पिडाहरु मन भित्रै दबाउँदैछु
सपनाका खातहरु तिम्रो लागि सजाउँदैछु
त्यो मन भित्र बास देउ आफैलाई भुलिदिन्छु
तिम्रो साथमा मुस्कुराउदै सधै भरी फुलिदिन्छु ।

सागर सरि गहिरोछ तिम्रो मेरो बिचको नाता
जन्म जन्म सयौ जन्म नछुटोस है हाम्रो साथ
मुटु भरी तिम्रो माया प्रतिबिम्ब आँखा भरी
तिम्रो यादले सताउछ छाया बनी घरी घरी ।

बगर बनेर कुरिरहेछु, भेल बनेर उर्लेर आऊ
यौवनको प्यास मेटेर हामी, चोखो माया लाऊँ।

– चितवन भरतपुर