सामाजिक सञ्जाल फेसबुक पेजमा रोजगारीको बिज्ञापन राखी ठगी गर्ने पक्राउ


काठमाडौं: सामाजिक सञ्जाल फेसबुकमा रोजगारीको प्रलोभन देखाएर पेज बनाई ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरुमा रु. १ हजार ५ सय देखि ३ हजार ५ सयसम्म ई-सेवा मार्फत डिपोजिट गर्नुपर्छ भनि ४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेका दोलखा जिरी नगरपालिका-८ घर भई हाल काठमाडौं काडाँघारी बस्ने शिब खड्कालाई पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको प्रहरीले जनाएको छ ।

साथै यी र यस्ता खालका प्रलोभनबाट बच्नको लागी सर्वसाधारणलाई महानगरीय अपराध महाशाखाले हार्दिक अनुरोध गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *