प्रिमियर लिग फुटबलमा सिटीलाई १० अंकको अग्रता

२०७७, ६ फाल्गुन बिहीबार १३:१४

एजेन्सी: इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले स्पष्ट १० अंकको अग्रता लिएको छ ।
बिहीबार बिहानको खेलमा एभरटनलाई ३-१ ले पराजित गरेपछि सिटीले १० अंकको अग्रता बनाएको हो ।
एभर्टनको मैदानमा भएको खेलमा भ्रमणकारी टोली म्यान्चेस्टर सिटीलाई विजयी भएको हो ।
खेलमा फिल फोडेन, रियाद माहारेज र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।
एभर्टनका रिचार्लिसनले एक गोल फर्काए ।
जितसँगै म्यान्चेस्टर सिटीले अंक तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेड माथि १० अंकको अग्रता बनाएको छ ।
इग्लिस प्रिमियर लिग फुटबलमा २४ खेलबाट सिटीको ५६ अंक छ ।
दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानको लेष्टर सिटीको समान ४६–४६ अंक छ ।
यो पनि पढ्नु होस्
Leave a Reply