नेपाल सुपर लिग (एनएसएल)मा आज एक खेल, काठमाडौं र बुटवलबीच प्रतिष्पर्धा


काठमाडौं: खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज आज एक खेल हुँदैछ ।

 

आजको खेलमा बुटवल लुम्विनी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

 

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुनेछ ।

 

काठमाडौं रेजर्सलाई पराजित गर्दै बुटवल लुम्विनी शीर्षस्थानमा उक्लने लक्ष्यका साथ मैदानमा उत्रने छ भने काठमाडौं पनि बुटवल लुम्विनीलाई हराउँदै शीर्ष चारमा उक्लने लक्ष्यका साथ प्रतिष्पर्धा गर्नेछ ।

 

बुटवल लुम्बिनी ३ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा छ । काठमाडौंलाई हराउन सके बुटवलले विराटनगर सिटी एफसी र धनगढी एफसीलाई पछि पार्दै शीर्षस्थानमा उक्लनेछ ।

 

विशाल श्रेष्ठको कप्तानीमा रहेको बुटवल लुम्विनीसँग विराज महर्जन, लक्ष्मण रुचाल, रविन श्रेष्ठ, सेसेहाङ आङदेम्बे, मान बहादुर परियार, अमिर श्रेष्ठ, आशिष लामा, सुमन लामा, जय गुरुङ र रन्दिप पौडेल टोलीमा छन् ।

 

विदेशी खेलाडीमा अर्मान्ड, ओमोलाजा नुरेन करिम र विलियम ओपोकु रहेका छन् ।

 

काठमाडौं ३ खेलबाट ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । बुटवललाई पराजित गर्न सके काठमाडौले विराटनगर सिटी र धनगढीसँग अंक बराबरी गर्नेछ ।

 

गोलरक्षक विकेश कुथुको कप्तानीमा रहेको टोलीमा तेज तामाङ, सन्जोक राई, त्रिदेव गुरुङ, सुदिप शिख्रकार, राजन गुरुङ, विश्वास श्रेष्ठ, बिमल पाण्डेय, आशिष गुरुङ, विनय श्रेष्ठ, रुमेश बर्तौला, अन्जन राई, पृथ्बी चौधरी, सुदिल राई र प्रेजेन तामाङ टोलीमा छन् ।

 

विदेशी खेलाडीमा मेसौके ओलुमोउ, स्टेफेन समिर र फ्लोरेन्ट कोर्वा रहेका छन् ।

 

चौथो चरणको खेल जारी रहँदा विराटनगर ४ खेलबाट ७ अंक जोडेर शीषस्थानमा छ ।

 

समान ७ अंक रहेपनि हेड टु हेडमा धनगढी दोस्रो स्थानमा छ ।

 

बुटवल लुम्विनी ३ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा तथा चार खेलबाट ५ अंक जोडेको पोखरा थन्डर्स चौथो स्थानमा रहेको छ ।

 

४ अंक जोडेको काठमाडौं रेजर्स पाँचौ स्थानमा छ ।

 

३ अंक जोडेको ललितपुर छैटौं स्थानमा तथा चार खेलबाट २ अंक जोडेको चितवन पुछारमा रहेको छ ।