नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

२०७७, २० चैत्र शुक्रबार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ ।
बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन समितिले प्रतिवेदन पेस गर्ने एजेण्डा छ ।
बैठकको ठोस एजेण्डा नभएपछि समसामयिक राजनीतिक विषयमा पनि छलफल भने हुने बताईएको छ ।
संसद पुनःस्थापनापछि पार्टी महाधिवेशन र राष्ट्रिय राजनीतिबारे कांग्रेस केन्द्रीय समितिमा आज छलफल हुन लागेको हो ।
संसद पुनःस्थापनापछिको राष्ट्रिय राजनीतिबारे नेताहरुले बैठक माग गर्दै आए पनि बैठक बस्न सकेको थिएन ।
कांग्रेसमा वैकल्पिक सरकार निर्माणका विषयमा संस्थागत निर्णय लिन दबाब छ ।
पार्टीको संस्थापन इत्तर पक्ष वर्तमान केपी ओली सरकारको विकल्पमा नयाँ सरकार गठनका लागि बैठकले अन्य दललाई आह्वान गर्नुपर्ने पक्षमा छ ।
सभापति शेरबहादुर देउवा भने माओवादी केन्द्र र जनता समाजवादी पार्टीको निर्णय कुर्नुपर्ने पक्षमा देखिन्छन् ।
आजदेखि १२ वटा जिल्लामा हात्तीपाइले रोगको औषधि खुवाइँदै
राष्ट्रपतिद्वारा मेलम्ची खानेपानीको उद्घाटन हुँदै, उद्घाटनका लागि भृकुटीमण्डपमा बनाइयो ढुंगेधारा



