तातोपानी नाका सुचारु, दुई देशीय व्यापार पुनः सञ्चालन

२०७७, २७ माघ मंगलवार १३:३८

काठमाडौं: बाढीले क्षति पुर्याएको मितेरी पुल मर्मत पुनर्निर्माण सकिएपछि नेपाल चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ ।
सोही पुल निर्माण गर्न चिनियाँ पक्षले माघ ८ गतेदेखि उक्त नाका बन्द गरेको थियो । नाका बन्द भएको २०औं दिन पछि नाकाबाट दुईदेशीय व्यापार पुनः सुरु भएको छ ।
तोकिएको मितिमा चिनियाँहरुले पुलको मर्मत सकेको र आजबाट दुई देश बीचको ब्यापार पुनः सुचारु भएको बताइएको छ ।
बाढीका कारण पुलको एकातर्फको स्परमा क्षति पुगेको र २० दिनसम्म चिनीयाँ प्राविधिकले मर्मत सम्भार गरेको भन्सार कार्यालय तातोपानीले जानाएको छ ।
कोरोना, बाढी पहिरो जस्ता कारणले यो वर्ष दर्जनौंपटक तातोपानी नाका बन्द हुँदा नेपाल चीनबीच हुने व्यापर यस वर्ष प्रभावित भएको छ ।
Leave a Reply