जीतपुरसिमरा उपमहानगरको साथ सिमरा गोल्डकप

२०७७, ११ फाल्गुन मंगलवार १४:०५

बारा: बाराको सिमरामा एक दशक अघिदेखि संचालन भइरहेको सिमरा गोल्डकप यस बर्षदेखि जीतपुर सिमरा उपमहानगरपालिकाले मुख्य प्रायोजक सरह सहयोग गर्ने भएको छ ।
क्लब र उपमहानगरपालिका बीच बार्षिक २० लाख रुपैयाँ प्रतियोगिताका लागि सहयोग गर्ने सहमति भएको आयोजक नव जनजागृति युवा क्लब सिमराका महासचिव शम्भु ठकुरीले जानकारी दिए ।
सिमरा गोल्डकप दशौ संस्करणसम्म जावला खेल ग्रुप अफ डिष्टिलरिको मुख्य प्रायोजनमा चलेको प्रतियोगिता संचालनका लागि यस बर्षबाट उपमहानगरपालिकाको साथले आयोजकलाई उत्साहित बनाएको छ ।
‘गत बर्ष सम्म रुस्लानको प्रायोजन थियो,’ अध्यक्ष लामाले भने,‘ त्यो सम्झौता सकिएपछि आयोजनाको निरन्तरतामा प्रश्न उठेको थियो,
उपमहानगरपालिकाले दिएको साथले प्रतियोगिता आयोजक क्लब सहित सिङ्गो सिमराबासीलाई उत्साहित बनाएको छ।’
यो वर्ष पुरस्कारको राशी बृद्धि गर्ने र सहभागी टोलीका विषयमा पनि छलफल अघि बढेको क्लबले जनाएको छ ।
केहि दिनमा क्लबले औपचारिक कार्यक्रम मार्फत प्रतियोगिता आयोजनाको मिति, पुरस्कार राशी र सहभागी टोलीको जानकारी दिइने बताएको छ ।
यो पनि पढ्नु होस्
Leave a Reply