चीनद्वारा सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित


काठमाडौं: कोरोना संक्रमण फैलन सक्ने भन्दै चीनले सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ ।

 

नेपालमा कोरोना संक्रमण तीब्र गतिमा फैलिएको र आधार शिविरमा पनि कोरोना देखिएको भन्दै यस्तो निर्णय गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

 

चिनियाँ खेलकुद प्रशासनले शुक्रबार आरोहण स्थगित भएको सूचना जारी गरेको थियो ।

 

गत वर्ष कोरोना महामारीका कारण सगरमाथा आरोहण भएको थिएन ।

 

यस वर्ष नेपालले ४ सय ८ जना र चीनले ३८ जनालाई आरोहण अनुमति दिएको थियो ।